पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगको सम्बन्ध सुधार्नका लागि अहिलेको समय सही नरहेको बताएका छन् । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको निम्तोमा आयोजित मिडल इस्ट ग्रिन इनिसियटिभ (एमजीआई) सम्मेलनमा सहभागी हुन इमरान साउदीको रियाद पुगेका बेला सो कुरा बताएका हुन् । सोमबार यस सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले साउदी अरबको जमेर तारिफ गरे । तर, पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका इमरानले टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले हासिल गरेको जितको खुसी पनि