गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रित भइ भिरमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ वर्षीय बिक्रम श्रेष्ठ रहेका छन् । गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी चौकी भच्चेकले जनाएको छ ।