धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टर पल्टिदा बुधबार साँझ बाराको पचरौतामा चालकको मृत्यु भएको छ । खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडि भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको हो ।मृत्यु हुनेमा सुवर्ण गाउँपालिका-३ बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् । पचरौता नगरपालिका ८ स्थित नहरको बाटो नजिक प्र २ ०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर पल्टिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।-न्युज कारखाना