माओवादीले समर्थन फिर्ताको निर्णय गर्ने जिम्मा प्रचण्डलाई दियो

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेत्री पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार अब प्रचण्डले ओली सरकारलाई दि...

सम्बन्धित सामग्री

गहुँको समर्थन मूल्य

गहुँ बाली भित्र्याउने बेला हुँदै गर्दा सरकारले चालू आर्थिक वर्षका लागि यसको समर्थन मूल्य तोकेको छ । यो सकारात्मक छ । सरकारले कृषि उपजको समर्थन मूल्य तोक्ने हो भने खेती लगाउने बेलामा तोकिनुपर्छ । यसो गर्दा किसानलाई कुन खेती लगाउने भन्ने निर्णय गर्न सहज हुन्छ । साथै, आफ्नो उपजले पाउनसक्ने मूल्य थाहा पाएपछि लगानी गर्ने वातावरण पनि बन्छ । सरकारले यो तथ्यलाई बेवास्ता गर्दै ढिला मूल्य तोक्ने गर्छ । अर्को कुरा, किसानले समर्थन मूल्यमा आफ्नो उपज बेच्न पाएनन् भने सरकारी कम्पनीले तिनको उपज खरीद गरिदिने व्यवस्था हुनुपर्छ । यसो हुँदा किसानलाई बजार अभावको डर हुँदैन । एकातिर ढिला मूल्य तोक्ने र अर्कातिर सरकारले कृषि उपज खरीद नगरिदिने गर्दा किसानहरू आफ्नो उपज सस्तो मूल्यमा विक्री गर्न बाध्य छन् । भण्डारणको व्यवस्था भइदिएको भए कृषि उपज केही समयपछि विक्री गर्दा किसानले बढी लाभ लिन पाउँथे । त्यसैले अब गहुँको मात्र होइन, धान, उखु आदि वस्तुको मूल्य खेती गर्ने याम शुरू हुनेबित्तिकै तोकिदिनुपर्छ । समर्थन मूल्य तोकेपछि कम्तीमा त्यति रकममा विक्री नभए सरकारले खरीद गरेर देखाउनुपर्छ । एकैचोटि देशभरि नै समर्थन मूल्यअनुसार खरीद गर्न सकिँदैन भने सरकारले निश्चित क्षेत्र तोकेर शुरुआत गर्न सक्छ । त्यस्तै नेपालमा कृषि उत्पादन सस्तो बनाउन भन्दै सरकारले मलमा अनुदान दिने गरेको छ । तर, अनुदानको मल किसानले पाउन युद्ध जित्नुजत्तिकै कठिन छ । अत: सरकारले यति धेरै लगानी गरेर पनि किसान मर्कामा पर्ने अवस्था अन्त्य गर्न मल आयातको जिम्मा निजीक्षेत्रलाई दिनुपर्छ । निजीक्षेत्रले मुनाफा लिन पाउने भएपछि जहाँबाट जसरी पनि आयात गर्छ र किसानले समयमै मल पाउँछन् ।

प्रदेश १ : मुख्यमन्त्रीमा एमालेका कार्कीलाई माओवादीले समर्थन गर्ने

विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्र संसदीय दलले  निर्णय गरेको छ।आज आइतबार बसेको दलको बैठकले  यस्तो निर्णय गरेको माओवादी केन्द्र प्रदेश कमिटीका सचिव एवम् प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए। 'मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई समर्थन निर्णय गरेका छौँ।' उनले भने, 'साझेदारीबारे छलफल र निर्णयको जिम्मा दलको नेतालाई दिने निर्णय भएको छ।'एमाले संसदीय दलका नेता कार्कीले आजै प्रदेश प्रमुखसमक्ष मुख्‍यमन्त्रीका लागि

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकमा प्रचण्ड हाबी

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले सरकारलाई समर्थनको विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। स्रोतका अनुसार समाजवादीको पोलिटब्यूरो बैठकमा […]

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय (भिडियो सहित)

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आज बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए ।यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको भए पनि नयाँ सत्ता समीकरणका लागि नेपाली […]

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज ३ बजे बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज ३ बजे बस्दैछ। केन्द्रीय कार्यालय पेरिसडाँडामा कमिटीको बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए। सरकारबाट समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिएपछि पहिलोपटक स्थायी कमिटीको बैठक बस्न लागेको हो। अविश्वास प्रस्ताव र पार्टी संगठनको एजेन्डाबारे छलफल हुने बताइएको छ। अघिल्लो बैठकले सत्ता समीकरणका लागि संवाद अघि बढाउने निर्णय गरेको थियो।

माओवादीलाई एमाले नेता रिजालको व्यंग्यः घोर विरोध गर्ने, समर्थन फिर्ता नलिने !

काठमाडौं। एमाले नेता विष्णु रिजालले अहिलेको संसदबाट वैकल्पिक सरकार नबन्ने टिप्पणी गरेका छन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिएपछि नेता रिजालले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्,“यो निर्णय हो कि अनिर्णय?जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रष्ट हुँदैन र?

सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा दाहाललाई दिइएको बताए ।

समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  जिम्मेवारी दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएका छौँ। अब उहाँले आवश्यक निर्णय लिनुहुन्छ' उनले भने।