काठमाडौं। एमाले नेता विष्णु रिजालले अहिलेको संसदबाट वैकल्पिक सरकार नबन्ने टिप्पणी गरेका छन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिएपछि नेता रिजालले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्,“यो निर्णय हो कि अनिर्णय?जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रष्ट हुँदैन र?