विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको छ।आज आइतबार बसेको दलको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्र प्रदेश कमिटीका सचिव एवम् प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए। 'मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई समर्थन निर्णय गरेका छौँ।' उनले भने, 'साझेदारीबारे छलफल र निर्णयको जिम्मा दलको नेतालाई दिने निर्णय भएको छ।'एमाले संसदीय दलका नेता कार्कीले आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि