धरानका मेयरको कार्यशैली अराजक भएको पाँच दलको निष्कर्ष - NepaliPatra

विराटनगर । धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यशैली निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको ५ राजनीतिक दलले बताएका छन् । मेयर हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका छन् । उनको उक्त कार्य पछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पांग मेयर भएपछि निरन्तर अराजकता […]

सम्बन्धित सामग्री

अर्जेन्टिनी निर्वाचनको संकेत

आफूलाई अराजक पूँजीवादी बताउने दक्षिणपन्थी नेता हाभियर मिलेई आर्थिक समस्यासँग जुधिरहेको अर्जेन्टिनाको राष्ट्रपति पदमा विजयी भएका छन् । नेपालबाट टाढा रहेको र व्यापारघाटा भएको मुलुक अर्जेन्टिनामा आएको यो परिवर्तनसँग नेपालको प्रत्यक्ष सम्बन्ध खासै देखिँदैन तर जसरी वामपन्थीहरूको रजगज भएको शासनसत्तामा मिलेईको आगमन भएको छ त्यसका कारण केलाउने हो भने नेपाललाई झस्काउने खालको छ । आर्थिक रूपले राम्रो मानिने यो देश आर्थिक संकटमा फस्न पुग्यो र अराजक अभिव्यक्ति दिने व्यक्ति राष्ट्रपति बन्न पुगे । नेपालको सन्दर्भ पनि अहिले त्यस्तै खालको छ । नेपालमा पनि दक्षिणपन्थी अराजक शक्तिको उदय हुने त होइन भन्ने प्रश्न उब्जाएको छ र अहिलेका गतिविधिले मुलुक त्यतैतर्फ लाग्न आँटेको हो कि भन्ने संकेत दिइरहेको छ । यसमा वर्तमान राजनीतिक परिवर्तनका पक्षधरहरू गम्भीर बन्नैपर्ने देखिन्छ ।  परिवर्तन अवश्यम्भावी हुन्छ । तर, परिवर्तनका लागि विभिन्न घटना परिघटनाहरूले भूमिका तयार पार्छन् । यस्तो परिवर्तन सधैं सकारात्मक हुन्छ भन्ने हुँदैन, कहिलेकाहीँ गलत दिशातर्फ पनि मोडिन सक्छ । त्यसले मुलुकलाई थप समस्याग्रस्त बनाउनुका साथै युद्ध र द्वन्द्वको भुँवरीमा लैजान पनि सक्छ । कैयौं मुलुकमा यस्तो भएको पाइन्छ । अहिले अर्जेन्टिनामा पनि त्यस्तै हुने हो कि भन्ने आशंका उब्जिएको छ । ‘अर्जेन्टिनालाई फेरि महान् बनाउने’ नारा दिएका मिलेई अराजक अभिव्यक्तिकै कारण चर्चामा मात्र आएनन्, लोकप्रिय पनि बनेर निर्वाचित भए । उनले केन्द्रीय बैंक खारेज गर्ने, अमेरिकी डलरलाई नै आफ्नो देशको मुद्रा बनाउने, संस्कृति महिला, स्वास्थ्य, शिक्षा लगायतका मन्त्रालय बन्द गर्ने, कल्याणकारी भत्ता कटौती गर्ने र कर्मचारी कटौती गर्ने एजेन्डा ल्याएर निर्वाचन जितेका छन् । निर्वाचनमा उनको एजेन्डाले भन्दा पनि जनतामा व्याप्त निराशाले गर्दा परिवर्तनको खोजी गरेका जनताले उनलाई मत दिएको देखिन्छ । जनतामा व्यापक निराशा आउनुको कारण त्यहाँको आर्थिक संकट हो । अर्जेन्टिनाको मुद्रास्फीति १४० प्रतिशत पुगेको छ भने ४० प्रतिशत जनता गरीबीको रेखामुनि पुगेका छन् । अर्थतन्त्र सुधार गर्न उसले ठूलो परिमाणमा विदेशी ऋण लिएको छ । कुनै बेला उसको मुद्रा पेसोको विनिमयदरलाई अमेरिकी डलरसँग स्थायी रूपमा आबद्ध गरेको पनि थियो तर अर्थतन्त्र बिग्रँदै गएपछि पेसोको मूल्य ओरालो लाग्यो । राजनीतिक नेतृत्वसँग जनता रुष्ट भए र मिलेईका अराजक कुराप्रति जनता आकृष्ट भए । त्यहाँ वामपन्थी सरकारकै वर्चस्व रहँदै आएको थियो । यी तमाम परिदृश्य नेपालसँग करीब करीब समान देखिन्छन् । आआफ्नै डम्फु बजाउने राजनीतिक दल र तिनको नेतृत्व नसच्चिए लोकतन्त्र नै सक्किने र अराजकताको उदय हुने प्रबल सम्भावना दूरक्षितिजमा देखिँदै छ । त्यसैले दलहरू परिणाममुखी कामतर्फ लाग्न ढिला भइसकेको छ ।  नेपालले आर्थिक संकट बेहोरेको धेरै नै भइसकेको छ । अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्व गम्भीर र इमानदार देखिएको छैन । जनताको असन्तुष्टि र निराशाको तह निकै बढेको छ । सरकारले लिने ऋण प्रतिवर्ष तीव्र गतिमा बढ्दै छ । आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाउन परिरहेको छ । संघीय संरचनाले परिणाम दिने गरी काम गर्न सकेको छैन । तर, थोरै समयमा नै यसका विरुद्ध जनमत तयार हुँदै छ । अर्थतन्त्रमा देखिएको समस्याका बीच दुर्गा प्रसाईंजस्ता अराजक अभिव्यक्ति दिने एकाएक ठूलो चर्चामा आएका छन् जससँग सरकारसमेत डराएको देखिन्छ । त्यस्तै पुराना पार्टी भनेका खराबै हुन् भन्ने विश्वास सर्वसाधारणमा बढ्दो छ र ती पार्टीका नेतृत्वको विरोध पनि चर्को रूपमा भइरहेको छ । पुराना दल र नेताको विरोध गरेकै भरमा नयाँ राजनीतिक दलको उदय भइसकेको छ भने मृत राजतन्त्रलाई बिउँताउने भन्दै चर्को अभिव्यक्ति दिनेहरू सामाजिक सञ्जालमा हिरो बनिरहेका छन् । अर्जेन्टिनाको निराशा र नेपालको निराशा समान छ । त्यहाँ वामपन्थी दलले धेरैजसो सरकारको नेतृत्व गरेजस्तै नेपालमा पनि वामपन्थी राजनीति हाबी छ । यसरी हेर्दा अर्जेन्टिनाको अवस्था र नेपालको अवस्था समान देखिन्छ । अहिले अराजक अभिव्यक्ति दिनेहरू शासनसत्तामा पुगे भने देशको हविगत झनै खराब हुन सक्छ । यो अवस्था बुझेर पनि दलहरू सच्चिने बाटोमा छैनन् । आआफ्नै डम्फु बजाउने राजनीतिक दल र तिनको नेतृत्व नसच्चिए लोकतन्त्र नै सक्किने र अराजकताको उदय हुने प्रबल सम्भावना दूरक्षितिजमा देखिँदै छ । त्यसैले दलहरू परिणाममुखी कामतर्फ लाग्न ढिला भइसकेको छ ।

नेकपा एमाले संसदीय दलका उपनेतामाथि आक्रमण प्रयास

विराटनगर : कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर मगरमाथि पहिचानवादीले आक्रमण प्रयास गरेका छन्।बुधबार इलामको माङसेबुङ गाउँपालिकाको कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहले आक्रमणको प्रयास गरेको हो।नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक विज्ञप्ति जारी गर्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरूले मगरमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको बताएका छन्।आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले

‘शिक्षकलाई पार्टीको महाधिवेशनमा भ्याइ–नभ्याइ छ, विद्यार्थी कसले पढाउने ?’

राजनीतिक दलको आडमा विद्यालयमा अराजक गतिविधि बढेको संकेत माथेमाको छ । पार्टी महाधिवेशनमा शिक्षकहरूले खुलमखुल्ला प्रतिनिधि बनेर आउने दुस्साहस गरेको तर्क उनको छ ।

निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको जसपा उपेन्द्र यादव पक्षको निष्कर्ष

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष निकालेको छ । अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘निर्वाचन आयोगको निर्णयले पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन,’...

एमाले संसदीय दलको बोर्डमार्फत खनाल–नेपाल समूहका नेतालाई स्पष्टीकरण सोधिने

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीभित्र गुटगत भेला गरेर अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही नेतालाई स्पष्टीकरण सोध्ने संकेत गरेका छन् ।  प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकको अध्यक्षता गरेका ओलीले पार्टीभित्र गुटगत भेला र अराजक प्रवृत्ति किमार्थ स्वीकार्य नहुने बताए । गुटगत भेला गरेका केही नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एक सांसदले लोकान्तरलाई जानकारी दिए । बैठकपछि सांसद शेरबहादुर तामाङले संस...

हिंसात्मक नबनोस् आन्दोलन, बन्द गर अराजक अभिव्यक्ति [सम्पादकीय]

औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी फुट्नमात्र बाँकी छ। फुटको औपचारिकता पाउनुअघि मुलुकको समग्र राजनीति नराम्ररी बिथोलिएको छ। एकता हुँदा एकसाथ रहेका नेता तथा कार्यकर्ता एकअर्काको बद्ख्वाइमा यसरी सक्रिय भएका छन् कि - राजनीति 'एक तमासा' बनेको छ। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दलको शीर्ष तहदेखि कार्यकर्ता तहसम्म देखिएको अराजकताले हरेक दिनजसो

हिंसात्मक नबनोस् आन्दोलन, बन्द गर अराजक अभिव्यक्ति [सम्पादकीय]

औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी फुट्नमात्र बाँकी छ। फुटको औपचारिकता पाउनुअघि मुलुकको समग्र राजनीति नराम्ररी बिथोलिएको छ। एकता हुँदा एकसाथ रहेका नेता तथा कार्यकर्ता एकअर्काको बद्ख्वाइमा यसरी सक्रिय भएका छन् कि - राजनीति 'एक तमासा' बनेको छ। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दलको शीर्ष तहदेखि कार्यकर्ता तहसम्म देखिएको अराजकताले हरेक दिनजसो पराकाष्ट…