जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
‘निर्वाचन आयोगको निर्णयले पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन,’...