एमालेले संसदीय दलको विधानविपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधि गर्ने कार्यमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरणमा अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? भनेर प्रश्न गरिएको छ । साथै ‘पार्टीको निर्णय बारम्बार उल्लंघन गरेकाले पार्टी विधानको धारा ४९ क, १,२,३,४,५,६,७ र ४९ (च) वि