मालपोत कार्यालय धनुषाद्वारा ४५ करोड राजस्व संकलन

जनकपुरधाम। भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष (आव) २०७९/८० को असार मसान्तसम्ममा करीब रू. ४५ करोड राजस्व संकलन गरेको छ । राजस्व बाँडफाँटअन्तर्गत संघीय सरकारलाई बुझाउनुपर्ने राजस्वबाट गत आवमा रू. ६ करोड राजस्व संकलन गरिएको भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख मो. तैयब राइनले बताए । न्यायिक दस्तुरबाट रू. ४९ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट रू. ५ करोड ९७ लाख ८२ हजार, अन्य राजस्वबाट रू. ३ लाख ५९ हजार र बेरुजूबाट रू. २ लाख ३८ हजार राजस्व संकलन गरिएको कार्यालय प्रमुख राइनले बताए । त्यस्तै, प्रदेश सरकार र स्थानीय तह राजस्व बाँडफाँटअन्तर्गत रू. ३२ करोड ६० लाख राजस्व संकलन गरिएको कार्यालयले जानकारी दिएको छ । गतवर्ष सरकारले कित्ताकाट गर्न रोक लगाउँदा राजस्वमा कमी आएको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार औसतमा प्रतिदिन २०० रजिष्ट्रेशन पास हुने गरेको छ । कार्यालयमा रजिष्ट्रेशन पास गराउन आउँदा सेवाग्राहीलाई एक दिनमै रजिष्ट्रेशन पास हुने गरी कार्यालयले सेवा दिने गरेको कार्यालयले जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

मकवानपुर मालपोतले उठायो १६ करोड राजस्व

हेटौँडा– मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०-०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व संकलन  गरेको छ । मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम संकलन गरेको हो । मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकाको आग्रा र गोङ्टेबाहेकका अन्य स्थानीय तहको जग्गाको […]

मालपोत राजस्व गत वर्षभन्दा न्यून

लमजुङको मालपोत कार्यालयको राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव ०७९/८० मा दुई करोड तीन लाख रुपैयाँ राजस्व संकलन कम भएको हो । आर्थिक वर्ष २०७९/८० मा मात्रै आठ करोड ५७ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको मालपोत कार्यालय लमजुङले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने १० […]

मालपोत कार्यालय लमजुङमा १० करोड राजस्व संकलन

लमजुङको मालपोत कार्यालयमा अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आव २०७८/०७९मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँँ राजस्व संकलन भएको हो ।आर्थिक वर्ष २०७८/०७९ मा मात्रै १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व संकलन भएको मालपोत कार्यालय लमजुङले जनाएको छ । […]

भूमिसुधार कार्यालयद्वारा ६१ करोड राजस्व संकलन

विराटनगर (अस) । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले चालू आर्थिक वर्षको सात महीनामा ६१ करोडभन्दा बढी राजस्व असुली गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन २९ गतेसम्ममा ६१ करोड ९१ लाख राजस्व संकलन भएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व असुली गर्न नसकिएको उनले बताए । कार्यालयले विराटनगर महानगरपालिकासहित मोरङका बुढीगंगा, ग्रामथान, कटहरी र जहदा गाउँपालिकामा सेवा प्रवाह गर्दै आएको छ ।

तरलाता अभावको असरः विराटनगर मालपोतको राजस्व घट्यो

तरलता अभावका कारण मोरङमा जग्गाको कारोबार घटेका कारण गत वर्षको जति पनि राजस्व संकलन हुने अवस्था नरहेको भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख लोकबहादुर भण्डारीले बताए।...

मालपोत कार्यालय सिमराद्वारा ४६ करोड बढी राजस्व संकलन

काठमाडौँ– मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २८ करोड ५३ लाख ८६ हजार, पुँजीगत लाभकरबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत रु तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत रु १४ लाख नौ सय, […]

मालपोत कार्यालय बैतडीको राजस्व संकलनमा वृद्धि

बैतडी– मालपोत कार्यालय बैतडीको राजस्व संकलनमा वृद्धि भएको छ। कार्यालयले गत आर्थिक वर्षमा ८३ लाख ३६ हजार ११० राजस्व संकलन गरेको छ। ०७६/७७ मा ६१ लाख २६ हजार २ सय ७९ रुपैयाँ मात्र राजस्व संकलन भएकामा गत वर्ष २२ लाख नौ हजार ८ सय ३१ ले बढी संकलन भएको मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुख दिलाराम […]

एक आर्थिक बर्षमा एक करोड राजश्व संकलन

मुगु -जिल्ला मालपोत कार्यालय मुगुले आर्थिक बर्ष २०७७-०७८ मा कार्यालयका बिभिन्न राजश्व शीर्षकबाट एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।जिल्ला मालपोत कार्यालयबाट स्थानीय नागरीकहरूलाई दिईर्ने रजिष्टेबन दस्तुर,सेवा दस्तुर, नामसारी, पूजा फारम बितरण लगाएतका काग गरेक बापत नेपाल सरकारको मापदण्ड अनुसार सेवा शुल्कबापत आ.व २०७७-०७८मा ए करोड ७ लाख राजस्व उठेको जिल्ला मालपोत कार्यलय मुगुका […]

मालपोत कार्यालय बैतडीले संकलन गर्‍यो ८३ लाखभन्दा बढी राजस्व

साउन २०,  बैतडी  ।   मालपोत  कार्यालय बैतडीले गत आर्थिक वर्षमा ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले पूँजीगत लाभकर, प्रशासनिक दण्ड जरिवाना, रजिष्ट्रेसन र अन्य विविधबाट ८३ लाख ३६ हजार ११० रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले सवभन्दा बढि रजिष्ट्रेसन शुल्कवाफत ५३ लाख २७ हजार ४१३ रुपैयाँ, पूँजीगतलाभ कर वाफत १३ लाख ४५ हजार ७४२ रुपैयाँ, सेवाशुल्कबाट १६ लाख ५५ हजार ४०५ रुपैयाँ, पूर्जा विक्रीबाट १ हजार २५० रुपैयाँ र बेरुजू असुलीबाट ६ हजार ३०० रुपैयाँ संकलन गरिएको मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुख दिलाराम भट्टले वताए । कोभिड १९ नियन्त्रणको लागि गरिएको लकडाउनले गर्दा अपेक्षा अनुसारको राजस्व संकलन नभएको उनले बताए ।गत वर्षको राजस्व अघिल्लो वर्षको भन्दा २२ लाख ९ हजार ८३१ रुपैयाँले बढी हो । आव २०७६/ ७७ मा ६१ लाख २६ हजार २७९ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।  अहिले जिल्लाका सबै स्थानिय तहमा सडक सञ्जालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जमीनको खरीदविक्रीमा वृद्धि भइरहेको छ । जमीन धितो राखेर बैंकबाट ऋण लिनेको संख्या बढेको छ । यसले गर्दापनि जमीन रोक्का गर्नेको संख्या बढ्दा राजस्व संकलनमा वर्षेनी वृद्धि हुँदै गएको मालपोत कार्यालयका कर्मचारीहरु बताउँछन् ।  मालापोत कार्यालयले संकलन गरेको रजिष्ट्रेसन शुल्कको जम्मा रकमको ४० प्रतिशत रकम प्रदेश सरकारलाई र ६० प्रतिशत रकम स्थानिय तहलाई बुझाउनु पर्ने हुन्छ । आव ०७७/ ०७८ मा पनि मालापोत कार्यालय बैतडीले रजिष्ट्रेसन शुल्कबाट प्रदेश सरकारलाई २१ लाख ३० हजार ९६५ रुपैयाँ र जिल्लाका १० ओटै स्थानिय तहलाई ३१ लाख ९६ हजार ४४७ रुपैयाँ पठाएको छ ।  जिल्लाको सबैभन्दा बढी राजस्व पाउने स्थानिय तहमा पाटन नगरपालिका रहेको छ भने सबैभन्दा कम राजस्व पाउनेमा पञ्चेश्वर गाउँपालिका रहेको छ । पाटन नगरपालिकाले ८ लाख ६३ हजार ६२२ रुपैयाँ र पञ्चेश्वर गाउँपालिकाले ६ हजार १८८ रुपैयाँ प्राप्त गरेको मालपोत कार्यालयले बताएको छ ।