बैंकले जग्गामा कर्जा प्रवाह गर्न छाडेपछि भरतपुर मालपोत कार्यालयको राजस्व संकलन सुस्त

वैशाख ६, चितवन । चितवनका चार ओटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी व्यस्त र बढी कारोबार हुने भरतपुर मालपोत कार्यालयमा सेवाग्राहीको चाप ह्वात्तै घटेको छ ।  तरलता अभाव भएसंँगै बैंकले ऋण प्रवाह गर्न बन्द गरेपछि राजस्व संकलन पनि सुस्त भएको छ । कार्यालयका अनुसार चैतमा १३ करोड ७६ लाख रुपैयाँमात्रै राजस्व संकलन भएको छ भने फागुन महीनामा राजस्व संकलन १६ करोड २४ लाख ६८ हजार रुपैयाँ रहेको थियो  ।  माघ महीनामा भने १४ करोड ३२ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको उक्त कार्यालयले जानकारी दिएको छ ।  मालपोत कार्यालय भरतपुरका कर अधिकृत हेमकुमार तिमल्सिनाले  बैंकले घरजग्गा कारोबारमा लगानी गर्न छोडे लगत्तै कारोबारमा ह्रास आउँदा राजस्व संकलनमा पनि असर परेको बताए । राजस्व संकलन अघिल्ला महिनाहरुको तुलनामा करीब ७० प्रतिशत गिरावट आएको उनको भनाइ छ । कोरोना कहरका कारण आर्थिक शिथिलता बढ्नु र चितवनका जग्गाको भाउ बढ्दै जानुले पनि कारोबारमा ह्रास आएको उनले बताए ।  उनका अनुसार दैनिक ३५० भन्दा बढी लिखत पास हुने गरेकोमा अहिले घटेर आधाभन्दा कम लिखत पास हुने गरेको छ । ‘अहिले विदेश जानेको जग्गा रोक्का, अंशवण्डा राजीनामा मात्रै पास हुने गरेको छ’, उनले भने ।  मालपोत कार्यालय नजिक नमस्ते धवलागिरी  लेखापढी परामर्श केन्द्र सञ्चालन गरेका गोपाल कंडेल अघिल्ला महीनाहरुमा भन्दा हालका महीनाहरुमा घरजग्गा कारोबार क्रमश : घट्दै गएको बताए । ‘पहिले केन्द्रमा बिहानै ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवाग्राहीको चाप हुन्थ्यो अहिले सुनसान जस्तै छ, को आउला भनेर कुर्नुपर्ने अवस्था छ’, कंडेलले भने ।  कार्यालयले आर्थिक वर्ष २०७६/ ७७ को जम्मा राजस्व ९८ करोड ३१ लाख ५५ हजार रुपैयाँ थियो । २०७७/ ७८ मा १ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षको चैत महीनासम्ममा १ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको मालपोत कार्यालयले बताएको छ ।  घरजग्गाको मूल्य वृद्धि र कोरोना कहर हटेपनि राजस्व संकलन पहिलेका वर्षहरु भन्दा बढी देखिएपनि चालू आर्थिक वर्षमा  राजस्व संकलन लक्ष्य अनुसार संकलन हुन नसकेको तिमल्सिनाको भनाइ छ । 

सम्बन्धित सामग्री

'बैंकले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन'

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्। शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपीभन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए। उनले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएक

२२७ अर्ब निक्षेप हुँदा १०१ मात्र कर्जा प्रवाह

पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहे पनि निजी क्षेत्रबाट कर्जाको माग न्यून देखिएको छ । बैंकहरूमा तरलता सहजता हुँदै जाँदा कर्जा प्रवाह त्यसैअनुसार बढ्नुपर्नेमा न्यून देखिएको हो । करिब एक वर्षसम्म लगानीयोग्य रकम अभावमा बैंकहरूले कर्जा प्रवाह गर्न सकेका थिएनन् । कतिपय अवस्थामा कर्जाको माग भए पनि दिन नसक्दा बैंकर्ससँग निजी क्षेत्रले […]

अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित

सात वर्षअघि सुरु गरिएको ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित भएको छ । सरकारले अनुदानबापतको ब्याज रकम दिन नसक्ने अवस्था सिर्जना भएपछि बैंक तथा वित्तीय संस्थाहरूले अघोषित रूपमा...

डेढ महिनादेखि बैंकको कर्जा प्रवाह बन्द

लमजुङका बैंकहरुमा डेढ महिना अघिदेखि कर्जा प्रवाह बन्द भएसँगै सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।गत कात्तिक १७ गतेदेखि बन्द भएको कर्जा प्रवाह पुस महिना लाग्दासम्म नखुल्दा जिल्लाका व्ययवसायीसँगै सर्वसाधारण पनि समस्यामा परेका हुन् । जमिन, घर तथा सुन धरौटीमा राखेर ऋण दिँदै आएका बैंकहरुले पछिल्लो डेढ महिनादेखि ग्राहकलाई ऋण दिन बन्द गरेका हुन् । अनिश्चित […]

आठ सय ६७ जना व्यवसायीलाई निब्र्याजी कर्जा प्रवाह

गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीहरुको उत्थानका लागि ल्याएको व्यावसायिक जीवन रक्षा कोष (निब्याजी कर्जा प्रवाह) कार्यक्रमबाट प्रदेशका ८ सय ६७ जना लाभान्वित भएका छन् ।प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको उक्त कार्यक्रमअन्र्तगत गत भदौ तेस्रो सातासम्मको तथ्यांक अनुसार प्रदेशका ८ सय ३७ जना व्यवसायीलाई निब्र्याजी कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंक पोखरा […]

आन र मुक्तिनाथ विकास बैंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौँ– नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थालाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ। आनका हाल डेढ […]

निषेधाज्ञापछि बैंकहरूको निक्षेप बराबर नै कर्जा प्रवाह

निषेधाज्ञापछि पनि बैंकहरुमा संकलन भएको निक्षेप बराबर नै कर्जा प्रवाह भएको पाइएको छ।

निषेधाज्ञापछिको दुई सातामा १७ अर्ब कर्जा प्रवाह

नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख १७ देखि ३१ गतेसम्म १७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। सोही अवधिमा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

बैङ्कमा बढ्यो कर्जा प्रवाह

पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुुगेको छ । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी हटाइएयता अर्थतन्त्रले सकारात्मक सूचक देखाउन थालेको हो । निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थाल...

फागुनको पहिलो साता पनि निक्षेपभन्दा कर्जा प्रवाह उच्च

फागुनको पहिलो साता पनि बैंकहरुमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह धेरै देखिएको छ। फागुन १ देखि ७ गतेसम्म १८ अर्ब निक्षेप संकलन हुँदा १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।