मालपोत कार्यालय लमजुङमा १० करोड राजस्व संकलन

लमजुङको मालपोत कार्यालयमा अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आव २०७८/०७९मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँँ राजस्व संकलन भएको हो ।आर्थिक वर्ष २०७८/०७९ मा मात्रै १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व संकलन भएको मालपोत कार्यालय लमजुङले जनाएको छ । […]

सम्बन्धित सामग्री

फेरि घट्यो घरजग्गाको कारोबार, वैशाखमा २ अर्ब रुपैयाँ पनि उठेन रजिष्ट्रेशन शुल्क

काठमाडौं । वैशाखमा फेरि घरजग्गा कारोबार ओरालो लागेको छ । विगत लामो समयदेखि सुस्ताएको कारोबारमा चैतमा भने केही सुधार देखिएको थियो । तर, वैशाखमा फेरि पुरानै अवस्थामा फर्किएको छ । २०७९ वैशाखमा २ अर्ब ५१ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएकोमा २०८० वैशाखमा १ अर्ब ९८ करोड रुपैयाँ मात्र रजिष्ट्रेशन शुल्क संकलन भएको छ । पछिल्लो ३ महीनाको तथ्याङ्क हेर्दा पनि गत महीना चैतमा रजिष्ट्रेशन शुल्कबापत २ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा १ अर्ब ९२ करोड र माघमा १ अर्ब ९६ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । कारोबार संख्यामा पनि गिरावट  वैशाखमा ४२ हजार ४६१ घरजग्गा किनबेच भएका छन् । अघिल्लो वर्ष वैशाखमा भने ४४ हजार ८०३ घरजग्गा किनबेच भएका थिए । पछिल्लो ३ महीनाको तथ्याङ्क हेर्दा चैतमा ४९ हजार १५०, फागुनमा ४० हजार ७३४ र माघमा ४१ हजार ८६ घरजग्गा किनबेच भएका थिए । पछिल्लो ४ महीनाको तथ्याङ्क हेर्दा चैतबाहेक अन्य कुनै पनि महीनामा गत उत्साहजनक घरजग्गा किनबेच हुन सकेनन् । चैतमा भएको कारोबार पनि गत वर्षको सोही अवधिको भन्दा निकै कम हो । २०७८ चैतमा ७० हजार घरजग्गा किनबेच भएका थिए । अहिलेसम्मकै सर्वाधिक मासिक घरजग्गा किनबेच भने गत वर्ष फागुनमा ७४ हजारसम्म भएका थिए । मंसिर र पुसमा समान ७०/७० हजार र  माघमा ६० हजार घरजग्गा किनबेच भएका थिए । त्यसपछि भने घरजग्गा कारोबार मन्दीमा गएपछि कारोबार निकै खस्किँदै गएको थियो । कुन कुन कार्यालयले गरे सर्वाधिक किनबेच ? यो वर्ष वैशाखमा सर्वाधिक घरजग्गा किनबेच गर्ने मालपोत कार्यालयले १ हजार ६५६ ओटासम्म घरजग्गा किनबेच गरेका छन् । मालपोत कार्यालय इनरुवा सुनसरी र बेलबारी मोरङले समान १ हजार ६०० भन्दा बढी घरजग्गा किनबेच गराएका हुन् । मालपोत कार्यालय  जनकपुर (धनुषा) १ हजार ५२१, नेपालगञ्ज (बाँके) १ हजार ५०२, दमक (झापा) १ हजार २००, भद्रपुर (झापा) १ हजार १००, राजविराज (सप्तरी) १ हजार ११०,जलेश्वर (महोत्तरी) १ हजार २४, कलैया (बारा) १ हजार १८, पर्सा १ हजार ४५, कपिलवस्तु १ हजार १०५ र धनगढी (कैलाली) १ हजार १०१ कारोबार भएका छन् । काठमाडौंमा भने कुनै पनि कार्यालयले हजारभन्दा धेरै घरजग्गा किनबेच गराउन सकेनन् ।  सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने लगनखेल मालपोतबाट ८८१ र भक्तपुरबाट ८६६ घरजग्गा किनबेच भएका छन् । यस्तै, कलंकीबाट ५८० र चाबहिलबाट ३९४ र शाँखुबाट ३८३ घरजग्गा किनबेच भए ।  यी कार्यालहरूमध्ये सबैभन्दा धेरै रजिष्ट्रेशन शुल्क पनि लगनखेल मालपोत कार्यालयबाटै संकलन भएको छ । लगनखेलबाट १६ करोड १४ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क आउँदा चाबहिल मालपोतबाट करीब १४ करोड, कलंकीबाट १२ करोड ५८ लाख, डिल्लीबजारबाट १२ करोड ४३ लाख र भक्तपुरबाट १० करोड २५ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ । काठमाडौंपछि पोखरा र चितवनबाट ७/७ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन हुँदा इटहरी र धनगढीबाट ५/५ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ । अन्य कार्यालयबाट त्यो बराबर रजिष्ट्रेशन शुल्क आउन सकेन । घरजग्गा कारोबारमा संकुचन आउँदा सरकारले पाउने राजस्वमा निकै ठूलो कमी देखिएको छ । वैशाखमा सबैखाले राजस्व गरेर ३ अर्ब ६८ करोड रुपैयाँ मात्र संकलन भएको छ । योमध्ये १ अर्ब ७ करोड रुपैयाँ पुँजीगत लाभकर छ । विगतमा भने सबै शीर्षकको राजस्व गरेर मासिक ८ देखि १० करोड रुपैयाँसम्म संकलन हुँदै आएको थियो ।

चितवनको घरजग्गा कारोबार ४०% ले बढ्यो, ६ मिटर बाटोमा १० लाख रुपैयाँमै घडेरी

पुस २, काठमाडौं। नेकपा (एमाले) को हालै सम्पन्न १० औं महाधिवेशनका कारण चितवनको घरजग्गा कारोबार ४० प्रतिशतले बढेको छ।  मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनमा देशभरबाट लाखौ नेता तथ कार्यकर्ता चितवन पुगेका थिए। महाधिवेशनमा आएका प्रतिनिधिदेखि कार्यकर्तासम्मले त्यतिबेलै चितवनका विभिन्न ठाउँमा घरघडेरी हेरेर गएका थिए। गोजिमा नगद पैसा हुने नेता कार्यकर्ताले कसैले बैना मात्रै दिएर त कसैले पुरै रकम दिएर तत्कालै घरजग्गा किनेका कारण चितवनको कारोबार बढेको घरजग्गा व्यावसयि दीनेशकुमार चुकेले बताए। मंसिर महीनामा चितवनका चार ओटै मालपोत कार्यालयबाट २ हजार ८०० ओटा घरजग्गा किनबेच भएका छन्। अघिल्लो महिना कात्तिकमा भने जिल्लाभर २ हजार ओटा घरजग्गा मात्रै किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बताएको छ। त्यस्तै मंसिरमा जिल्लाभर २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। कात्तिकमा भने जिल्लाभर जम्मा २३ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। कारोबार संख्या ४० प्रतिशतले र राजस्व रकम २२ प्रतिशतले बढेको विभागले बताएको छ। ‘अहिले किनबेच भएका घरजग्गाहरु सानो सानो रकमका हुन्। चितवनमा अहिलेपनि १० देखि १५ लाख रुपैयाँमा १० धुर घडेरी किन्न सकिन्छ।’ चुकेले भने,   ‘कारोबार संख्या ४० प्रतिशतले बढेपनि राजस्व रकम भने २२ प्रतिशत मात्रै बढ्नुको कारणपनि त्यहि हो।’ ७५ बिगाहमा प्लटिङ, करिब तीन हजार घडेरी विक्रीमा चितवनमा अहिले अनुमति लिएका कम्पनी र व्यक्तिगत कारोबारी गरेर १५/२० जना व्यक्तिले घरजग्गा प्लटिङ गरेर किनबेच गर्ने गरेको व्यावसायि चुकेले बताए। एकै व्यक्तिले एक बीघादेखि पाँच बीघासम्म जग्गामा प्लटिङ गरेका छन्। यसरि अहिले नगरपालिकाको मापदण्ड अनुसार नै कम्तिमा छ मिटर चौडा बाटोमा १० देखि १५ लाख रुपैयाँमै किन्न पाइने करीब ३ हजार बढी घडेरीहरु विक्रीमा रहेको उनले बताए। ‘चितवनमा महानगरभित्र पनि कम्तिमा २५ लाख रुपैयाँबाट घडेरी किन्न सकिने अर्का व्यावसायि किशोर थापाले बताए। मुख्य राजमार्गबाट ४/५ किलोमिटर दायाँबायाँ जाँदा २०/२५ लाखदेखि महानगरभित्रै पनि घरघडेरी किनबेच भइरहेका छन्।’ थापाले भने, ‘महानगरभित्र मुख्य बजार क्षेत्रमा भने जग्गाको मूल्य प्रतिकठ्ठा ६/७ करोड रुपैयाँ घटिमा किनबेच हुँदैन।’ यो पनि पढ्नुस : तरलता संकटले सबैक्षेत्र अस्तव्यस्त हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि, कालोधनको प्रयोग भएको हो ? चारवटै मालपोतबाट करोड बढी राजस्व संकलन काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै मालपोत कार्यालय रहेको चितवनमा चार ओटा मालपोत कार्यालयले सेवा दिइरहेका छन्। महानगरभित्रका घरजग्गा किनबेच हुने भरतपुर (चितवन) मालपोत कार्यालयले ५ देखि १० करोड रुपैयाँसम्म राजस्व उठाएपनि अन्य कार्यालयले भने ५०/६० लाख रुपैयाँ राजस्वमै चित्त बुझाईरहेका थिए। तर मंसिरमा भने चार ओटै मालपोत कार्यालयले कम्तिमा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन्। सबैभन्दा धेरै राजस्व संकलन गर्ने चितवन मालपोत कार्यालयले मंसिरमा १९ करोड ३१ लाख रुपैयाँ राजस्व उठाउँदा  माडी मालपोतले १ करोड ३८ लाख, चनौली मालपोतले ३ करोड ८७ लाख र खैरहनी मालपोतले तीन करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्। कात्तिकको तथ्याङ्कमा भने चितवन मालपोतबाट १४ करोड ९० लाख, माडिबाट १ करोड १२ लाख, चनौलीबाट ३ करोड ७ लाख र खैरहनीबाट ३ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। कारोबार संख्याको आधारमा चितवनबाट सर्वाधिक १ हजार ७०० ओटा घरजग्गा किनबेच हुँदा माडीबाट १८२ओटा, चनौलीबाट ५६६ ओटा र खैरहनीबाट ३४७ ओटा घरजग्गा किनबेच भएका छन्। यो तथ्याङ्कले महानगरभित्र पनि सस्तो मूल्यका घरजग्गा धेरै किनबेच भएको पुष्टि गरेको छ।  कात्तिकमा भने चितवन मालपोतबाट १ हजार २७८ ओटा घरजग्गा मात्रै किनबेच भएका थिए। त्यस्तै माडीबाट १०१ ओटा, चनौलीबाट ४३६ ओटा र खैरहनीबाट २६० ओटा घरजग्गा किनबेच भएका थिए। कात्तिकको तुलनामा मंसिरमा चितवनका सबै मालपोत कार्यालयको कारोबार संख्या र राजस्व वृद्धि भएको छ।