देशको साखसँग जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसमा थप धुव्रीकरणको संकेत देखापरेको छ । सत्ताको प्रमुख घटक र संसद्कै ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाको मौनताले यो संकेत गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण यो प्रकरणमा मुछिएपछि पार्टीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न सकेको छैन ।