मृतकका नाममा ११ लाख ६० हजार भत्ता निकासा

पोखरा । पोखरा महानगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा ११ लाख ६० हजार रुपैयाँ भत्ता निकासा गरेको देखिएको छ । महानगर आफैँले मृत्यु दर्ता गरी लगत कट्टा गरिसक्दा समेत मृतकका नाममा रकम निकासा गरेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । विभिन्न १० वडाका मृतकका नाममा निकासा भएको उक्त रकम फिर्ता गरी संघीय...

सम्बन्धित सामग्री

सुत्केरीलाई पोषण र मृतकका परिवारलाई दाहसंस्कार खर्च

फिक्कल (इलाम), ४ पुस । इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ । सुत्केरी शिशु पोषण व्यवस्थापान कार्यक्रमअन्तर्गत गत आव २०७९/÷८० मा नगरभित्रका तीन सय १२ जना सुत्केरीलाई पाँच हजारका दरले १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाका लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए । […]

पोखरामा मृतकको नाममा ११ लाख भत्ता

१ साउन, पोखरा । पोखरामा मृत्यु भइसकेको व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पोखरामा मृत्यु भइसकेको नाममा ११ लाख ६० हजार रुपैयाँ निकासा भएको देखाएको हो । महालेखाको प्रतिवेदनमा महानगरले नै मृत्यु दर्ता र लगत कट्टापश्चात लाभग्राहीको खातामा निकासा गरेको देखाएको हो […]

पोखरा महानगरपालिकामा मृत्यु भएकालाई ११ लाख ६० हजार रुपैयाँ भत्ता

काठमाण्डाै - पोखरा महानगरपालिकाले ज्यान गुमाइसकेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा ११ लाख ६० हजार रुपैयाँ निकासा गरेको उल्लेख छ । प्रतिवेदनमा महानगरमा सामाजिक सुरक्षा कार्यविधि विपरीत ज्यान गुमाइसकेकालाई पोखरा महानगरपालिकाका १० वटा वडामा भत्ता निकासा गरेको उल्लेख गरेको छ । सामाजिक सुरक्षा कार्यविधि २०७७ को दफा १५ (२) २ मा भत्ता खाइपाइ आएका कुनै व्यक्तिको मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिइ बाँकी रकम फिर्त...

विन्दुकुमार थापाले मन्त्रीको सुविधा नलिने

पोखरा । शुक्रबार सार्वजनिक ५८ औँ महालेखा प्रतिवेदनले भन्छ, ‘गण्डकीका मन्त्रिहरुले ऐनविपरित २ लाख ६० हजार रुपैयाँ भत्ता लिएका छन् ।’ तत्कालीन नेकपा सरकार रहँदा प्रदेशका सात मन्त्रीले उक्त भत्ता ऐनविपरित लिएका थिए । महालेखा परिक्षकको प्रतिवेदनमा ऐनविपरित भत्ता लिएको खुलासा गरिएको छ । तर, गण्डकीमा नै सांसद भएयता ऐन अनुसार पाउने...

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ : प्रधानमन्त्री

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताउनु भएको छ । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले न्यूनतम पारिश्रमिक पुनरवलोकन गरी मासिक १५ हजार रुपैयाँ हुने व्यवस्था गरिने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने उद्घोष गर्नुभएको हो । प्रधानमन्त्री ओलीका अनुसार सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी छ । स्वास्थ्य सेवालाई भरपर्दाे बनाउन सरकार लागिपरेको उहाँको भनाइ छ । श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रूपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाई श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवर्द्धन गरेको उहाँले बताउनुभयो । आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको प्रम ओलीको भनाइ छ । यसैबीच, श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माग गरेका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले निषेधाज्ञाका कारण आमनागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले उचित राहत र सहयोगको कार्ययोजना अविलम्ब ल्याउन माग गरे । सभापति देउवाले २००३ सालमा विराटनगरमा कांग्रेसको नेतृत्वमा मजदूरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको भन्दै नेपालको प्रजातन्त्र स्थापनाको आन्दोलनको प्रस्थान बिन्दु नै मजदूर आन्दोलन भएको स्मरण गरेका छन् ।

कतिले पाउँछन् नेपालमा सामाजिक सुरक्षा भत्ता ?

काठमाडौं। नेपालमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३० लाख ६० हजार पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्बोधन गर्दै सरकार गठन भएपछिको तीन वर्षको अवधिमा यस्तो भत्ता पाउनेको संख्या ५ लाख बढेको बताए। जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, अपांग, अपांग (फरक क्षमता) र एकल महिला लगायतले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्।