पोखरामा मृतकको नाममा ११ लाख भत्ता

१ साउन, पोखरा । पोखरामा मृत्यु भइसकेको व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पोखरामा मृत्यु भइसकेको नाममा ११ लाख ६० हजार रुपैयाँ निकासा भएको देखाएको हो । महालेखाको प्रतिवेदनमा महानगरले नै मृत्यु दर्ता र लगत कट्टापश्चात लाभग्राहीको खातामा निकासा गरेको देखाएको हो […]

सम्बन्धित सामग्री

मृतकको नाममा वृद्ध भत्ता खाएको आरोपमा तत्कालीन वडाध्यक्षविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्ध भत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ।...

मृतकको नाममा भत्ता बाँड्दै दोरम्वा शैलुङ्ग गाउँपालिका

दोरम्वा शैलुङ्ग गाउँपालिकाले मृत्यु भइसकेका जेष्ठ नागरिकको नाममा समेत सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दै आएको खुलासा भएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको प्रतिवेदनले मृत्यु भइसकेकाको नाममा...

मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

मृत्यु भइसकेका मानिसको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तत्कालीन वडा सचिवविरुद्ध मुद्दा दायर गरिएको छ ।  वडा नम्बर–४ का तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सोमबार आयोगले तत्कालीन वडा सचिवहरू आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ  । पवन श्रेष्ठ विरुद्ध ३५ हजार, जानुका श्रेष्ठविरुद्ध १ लाख ७७ हजार र

तनहुँका अधिकांश स्थानीय तहमा मृतकको नाममा सामाजिक सुरक्षा भत्ता वितरण

दमौली । तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दीपुर तथा शुक्लागण्डकी, भानु र भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा समेत भत्ता वितरण गरेको पाइएको हो । देवघाट गाउँपालिकामा आव २०७७/७८ मा चार जना मृत्यु भइसकेकामा लाभग्राहीको नाममा रु ४८ हजार […]

मृत्यु भएका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता

सामान्यतयाः सरकारले जिउँदा व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । तर, झापाको गौरीगन्ज गाउँपालिकाले भने मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।गौरीगन्ज गाउँपालिकाले मृत्यु भएका २० जनाभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको हो । मृत्यु भएका व्यक्तिको नाममा मात्रै गौरीगन्ज गाउँपालिकाले तीन लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको […]

मृत्यु भइसकेकालाई धमाधम ‘सासु’ भत्ता

झापा : गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको पाइएको छ। गाउँपालिकाले मृत्यु भएका २० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ। मृत्यु भएका व्यक्तिका नाममा मात्रै गाउँपालिकाले तीन लाखभन्दा बढी भुक्तानी गरेको छ। मृत्यु भएका व्यक्तिका नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ। महालेखाको प्रतिवेदनमा सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने सुझावसमेत दिएको छ। तर गाउँपालिकाले सो रकम अ

मृत्यु भएका व्यक्तिको नाममा भत्ता लिने ५ कर्मचारीविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरिसकेका व्यक्तिको नाममा भत्ता लिने ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। आयोगले मंगलबार उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो।  उदयपुर जिल्ला, साविक रामपुर ठोक्सिला गाँउ विकास...

प्रदेश २ : कानुन निर्माणका नाममा बैठक भत्ता, लाखौँ रुपैयाँ बेरुजु ठहर

प्रदेश २ सरकारले अहिलेसम्म ३ दर्जन कानून निर्माण गरेको छ भने एक दर्जन कानून प्रदेशसभामा पेस गरिएको छ । ४ वर्षमा प्रदेश सरकारले कानून निर्माणको नाममा आयोजना गरेको परामर्श बैठकमा मात्रै लाखौँ रुपैयाँ खर्च गरेको छ । तर कानून निर्माणको नाममा आयोजित बैठकमा बाँडेको भत्ता रकम बेरुजु ठहरिएको छ ।तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन निर्माण गर्ने र अन्य कुनै मन्त्रालयले कानुन निर्माणका सम्बन्धमा परामर्श दिने कार्यसमेत गरेको थियो । तर प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न