काठमाण्डाै - पोखरा महानगरपालिकाले ज्यान गुमाइसकेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा ११ लाख ६० हजार रुपैयाँ निकासा गरेको उल्लेख छ ।
प्रतिवेदनमा महानगरमा सामाजिक सुरक्षा कार्यविधि विपरीत ज्यान गुमाइसकेकालाई पोखरा महानगरपालिकाका १० वटा वडामा भत्ता निकासा गरेको उल्लेख गरेको छ ।
सामाजिक सुरक्षा कार्यविधि २०७७ को दफा १५ (२) २ मा भत्ता खाइपाइ आएका कुनै व्यक्तिको मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिइ बाँकी रकम फिर्त...