झापा : मेचीनगर नगरपालिका-१२ स्थित प्राकृतिक रबर उद्योगमा आज आगलागी हुँदा ३५ लाखको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार आज उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्याएको थियो। आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा क्षति पुगेको र भण्डारण गरेर राखिएको १० टन तयारी रबर खरानी भएको उद्योगका सञ्चालक शान्तिराम चिमरियाले बताए।भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ। म