सर्लाहीमा क्रसर उद्योगमा आगलागी, २० लाखको क्षति

सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

सम्बन्धित सामग्री

सर्लाहीमा एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिका–८ मा एक क्रसर उद्योगमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । सो आगलागीले अलकत्रा मिसाउने मेसिन जलेर नष्ट भएकाे सर्लाहीको हरिपुर नगरपालिका–८ का सूचना अधिकारी रुपलाल देवकोटाले […]