काठमाण्डाै - बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।
बुटवल उपमहानगरपालिका–१६ मा रहेको महालक्ष्मी सलाई उद्योगमा गएराति आगो लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फ्याक्ट्रीमा गएराति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो।
आगलागी हुँदा चार करोड रुपैयाँभन्दा बढीकाे क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालकाे दाबी छ । रुपन्देहीसहित छिमेकी जिल्लाका पालिकाबाट आएका ८ वटा दमकलले चार घण्टामा आगाे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगब...