मन्त्रिपरिषद् विस्तारको तयारी : प्रधानमन्त्री देउवाले गठबन्धनसँग मागे मन्त्रीहरूको नाम

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका हुन् । वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवार साँझसम्म मन्त्रालय बाँडफाँट टुंग्याएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् । ‘प्रधानमन्त्रीज्यू जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयासरत हुनुहुन्छ, सत्ता गठबन्धन आबद्ध दलसँग उहाँले मन्त्रीको लिस्ट माग्नुभएको छ, बिहीबारसम्म मन्त्राल...

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार : प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्। राष्ट्रपतिको मतपरिणाम घोषणापछि संसद् भवनबाट बाहिरिनेक्रममा प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुरा गर्दै उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका हुन्। उनले भने, ‘हामीले गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेका छौं। अब उपराष्ट्रपतिको निर्वाचनपश्चात मात्र मन्त्रिपरिषद् विस्तार गर्छौं। एउटा […]

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

आज मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । उनले मंगलबार मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् । सोमबार दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् । अध्यादेश निष्क्रिय नभइ सरकार बिस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा असन्तुष्टी बढेर पार्टी नै विभाजन हुन सक्ने भय दलहरुमा थियो । सरकारले केही […]

देउवाद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी, नारायण खड्का मन्त्री बन्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । झण्डै ७० दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर आलोचना खेप्दै आएका देउवाले अब भने मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । गठबन्धन दलका एक नेताका अनुसार बैठकले डा नारायण खड्कालाई मन्त्री बनाउने सहमति गरेको हो । उनी काँग्रेस केन्द्रीय सदस्य हुन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको प्रतिनिधित्व गर्दै जानुपर्ने भएपछि खड्कालाई मन्त्री बनाउने सहमति भए...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको बैठकमा विभिन्न नियुक्तीहरु गरिने बुझिएको छ । प्रधानमन्त्री नियुक्त भएको आज तीन साता बित्न लाग्दापनि देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । तर, मन्त्रिपरिषद् विस्तारको लागि उनले तयारी भनेका थालेका छन् […]

सात सदस्यीय मन्त्रिपरिषद् बनाउने देउवाको तयारी

काठमाडौँ । आज प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । पाँचौँ पटक प्रधानमन्त्रीको शपथ लिन लागेका देउवाले सात सदस्यीय मन्त्रिपरिषद् गठनको प्रस्ताव गरेका हुन् । उनले नेपाली काँग्रेसबाट दुई, नेकपा माओवादी केन्द्रबाट दुई, जसपा र राजमाेबाट एक एक जनालाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले […]

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी, आजै शपथको सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद् विस्तारको तयार गरेका छन् । आफूसँग रहेका ८ मध्ये ७ वटा मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी भएको बालुवाटार स्रोतले बतायो । गृह, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति लगायतका मन्त्रालयमा मन्त्री नियुक्त हुन लागेका हुन् । अपरान्ह ४ बजेका लागि शपथको सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई जानकारी दिए । यसअघि गत २१ गते जसपाका ८ र एमालेका २ मन्त्रीले शपथ लिएका थिए । यसपटक पूर्व माओवादी खेमाका २ जना मन्त्री बन्ने सम्भावना छ ।&...

मन्त्रिपरिषद् बैठकद्वारा प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति सिफारिसको तयारी

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति राष्ट्रपतिसामू सिफारिसको तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको बैठकबाट प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति सिफारिसको तयारी भइरहेको बालुवाटार उच्च स्रोतले जनाएको छ ।  राष्ट्रपतिले प्रधानमन्त्रीका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवा दुबैको दावी अस्वीकृत गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको हो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि पेश भएका दुवै प्रस्ताव राष्ट्रपत...