प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद् विस्तारको तयार गरेका छन् ।
आफूसँग रहेका ८ मध्ये ७ वटा मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी भएको बालुवाटार स्रोतले बतायो ।
गृह, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति लगायतका मन्त्रालयमा मन्त्री नियुक्त हुन लागेका हुन् ।
अपरान्ह ४ बजेका लागि शपथको सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई जानकारी दिए ।
यसअघि गत २१ गते जसपाका ८ र एमालेका २ मन्त्रीले शपथ लिएका थिए । यसपटक पूर्व माओवादी खेमाका २ जना मन्त्री बन्ने सम्भावना छ ।&...