देउवाद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी, नारायण खड्का मन्त्री बन्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । झण्डै ७० दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर आलोचना खेप्दै आएका देउवाले अब भने मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । गठबन्धन दलका एक नेताका अनुसार बैठकले डा नारायण खड्कालाई मन्त्री बनाउने सहमति गरेको हो । उनी काँग्रेस केन्द्रीय सदस्य हुन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको प्रतिनिधित्व गर्दै जानुपर्ने भएपछि खड्कालाई मन्त्री बनाउने सहमति भए...