यस वर्ष साढे ९३ % ले बढ्यो नाडेप लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू  आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा ९३ दशमलव ५७ प्रतिशत बढी खुद नाफा गरेको छ ।  गत वर्ष रू. ९३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ८० लाखभन्दा बढी यो नाफा गरेको हो ।यस वर्ष कम्पनीको सञ्चालन नाफा १२८ प्रतिशत बढेको छ । गत वर्ष रू. १ करोड ६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ४२ लाखभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. १ करोड ४२ लाखभन्दा बढी छ । २० प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी रू. ४८ करोड ५७ लाख ६० हजार पुर्‍याएको कम्पनीको रिटेन्ड अर्निग रू. १४ करोड ४१ लाखभन्दा बढी र जगेडा कोष रकम रू. २५ करोड २० लाखभन्दा बढी छ ।  दोस्रो त्रैमाससम्म रू. १ अर्ब ८२ करोडभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. ५ अर्ब २५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । यो अवधिसम्म कम्पनीले रू. २ अर्ब १९ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । निष्क्रिय कर्जा गत वर्ष ६ दशमलव २० प्रतिशत रहेकोमा यस वर्ष बढे ७ दशमलव ४५ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १४ दशमलव ८५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ३३ रहेको छ ।   वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :