बाँकेमा संक्रमण दर ७२, निको हुने दर ९३ प्रतिशत

नेपालगञ्ज – बाँकेमा बिहीबारको कोरोनाको संक्रमण दर ७२ प्रतिशत रहेको छ । निको हुने दर यो भन्दा बढी रहेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, संक्रमण दर ७२.५ प्रतिशत र निको हुने दर ९३.९ प्रतिशत रहेको छ । यहाँका तीन वटा ल्याबमा एक सय ८२ जनाको परीक्षण गर्दा […]

सम्बन्धित सामग्री

भारतमा पछिल्लो २४ घण्टामा २,८९७ नयाँ संक्रमित भेटिए

भारतमा बुधबार कोरोनाका २,८९७ नयाँ संक्रमित भेटिएका छन् जबकी ५४ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर ०.६१ प्रतिशत र साप्ताहिक संक्रमण दर ०.७४ प्रतिशत भएको छ । पछिल्लो २४ घण्टामा २९०८ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या ४ करोड २५ लाख पुगेको छ । जबकी मृत्यु हुनेको संख्या ५ लाख २४ हजार नजिकै पुगेको छ । सोमबार २,२८८ नयाँ संक्रमित भेटिएको थियो र १० जनाको मृत्यु भएको थियो । यस्तै, आइतबार २८९३ नयाँ संक्रमित भेटिएका थिए । जबकी शनिबार ३,

१४ जनामा कोरोना संक्रमण पुष्टि,  ‘नेपालमा संक्रमण दर १७.३ % मात्र’

वैशाख २४, काठमाडौं । नेपालमा विगत २४ घण्टाको अवधिमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको बुलेटिनअनुसार उक्त अवधिमा २ हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।           मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या २०५ जना रहेको छ।  यसैगरी उक्त अवधिमा २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले बताएको छ ।             मन्त्रालयका अनुसार उक्त अवधिमा संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको जिल्ला ३० ओटा पुगेका छन् । नेपालमा संक्रमण दर १७ दशमलव ३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३ दशमलव ४ जनाको निधन भएको छ ।             हाल होम आईसोलेशनमा २०२ जना र संस्थागत आईसोलेशनमा  तीन जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् ।

भारतमा ९ हजार कोरोना संक्रमित थपिए, १० हजार निको

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५५७ जना कोरोना संक्रमणबाट निको भएका छन् । यही अवधिमा ९ हजार ६६८ जनामा संक्रमण भएको पाइएको छ। त्यस्तै एक दिनको अवधिमा २४४ जना संक्रमितको मृत्यु भएको छ। हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख २० हजारमा झरेको छ। कोरोना संक्रमण दर घटेसँगै भारतमा भोलि सोमबारदेखि कोरोनासम्बन्धी […]

भारतमा पछिल्लो २४ घण्टामा १,२४१ को मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर घटे पनि मृतकको संख्या बढेको छ । ओमिक्रोन भेरियन्टको संक्रमण दर उच्च बनेर घटेसँगै मृतकको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा मात्रै एक हजार २४१ जनाको मृत्यु भएको छ । कोरोनाबाट निको हुनेको संख्या पनि उच्च छ । यही अवधिमा एक लाख ५७ हजार जना निको भएका छन् […]

विश्वभर कोरोना संक्रमण दर घट्यो, मृतक र निको हुने बढे

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १७ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा २७ लाख ३९ हजार ८५० जना निको भएका छन् भने १० हजार ९९७ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणदर घट्ने क्रम सुरु भएपछि निको हुने र मृतकको संख्या केही बढेको छ । थपिनेमा जर्मनीमा २ […]

भारतमा थप एक लाख ६१ हजार जना निको

काठमाडौँ – भारतमा पछिल्लो साता कोरोना संक्रमण दर घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ४४१ जना कोरोना संक्र्रमित थपिएका छन् भने निको हुनेको संख्या भने एक लाख ६१ हजार छ । यही अवधिमा एक हजार २३० जना संक्रमितको मृत्यु भएको छ ।

उदयपुरमा काेराेना संक्रमणदर घट्दै, निकाे हुन ५ जना मात्र बाँकी

कोभिड १९ काे संक्रमण निको हुने क्रममा उदयपुरमा अब ५ जना मात्र बाँकी रहेका छन्। पछिल्लो एक महिनादेखि संक्रमण दर घट्दै गएर सातादिनयता दैनिक संक्रमण दर शून्यमा झरेको छ भने निको हुने क्रम बढेको छ।...

८३४ संक्रमित थपिँदा १,२७९ निको भए, विज्ञ भन्छन्– घट्दै छ संक्रमण दर

बितेका २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा ७३० जना र एन्टिजोन विधिबाट गरिएको परीक्षणमा १०४...

पछिल्लो चौबिस घण्टामा २ हजार १४१ जनाले जिते कोरोना

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये २ हजार १४१ जना निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा निको हुने कोरोना संक्रमण दर ८८.६ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ६ लाख ४० हजार ४० जनामा कोरोना पुष्टि भएको छ।

सुखद् समाचार : घट्न थाल्यो संक्रमण दर र मृतकको संख्या, बढ्दै निको हुने दर

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ । पीसीआर परीक्षण गर्दा संक्रमण केही दिन यता सरदर ४५ प्रतिशत रहेकोमा आज ३७.४ प्रतिशत पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोन