काठमाडौं । स्पेनको भिल्ला रियललाई हराउँदै इंग्लिस फुटबल क्लब लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा लिभरपुलले भिल्लालाई ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल २–० ले जितेको लिभरपुलले मंगलबार रातिको खेलपछि भिल्लालाई समग्रमा ५–२ ले पाखा लगायो । […]