सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा

काठमाण्डाै - लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक/एक गोल फर्काए । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।   

सम्बन्धित सामग्री

एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

काठमाडौँ – एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो । चेल्सीले क्रिस्टल प्यालेसलाई २-० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १-१ गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव […]

लिभरपुल पुग्यो एफए कपको चौंथो चरणमा

काठमाडौँ – एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको लिभरपुलले श्रूसबरी टाउनलाई पराजित गरेको छ। घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले लिग वान क्लब श्रूसबरी टाउनमाथि ४-१ गोल अन्तरले पराजित गरेको हो। यससँगै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको छ । डानीएल उधोले २७ औं मिनेटममा गोल गर्दै श्रूसबरीलाई सुरुआती अग्रता दिलाए पनि लिभरपुलले पछि […]