गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा.बद्री केसीले हस्ताक्षर गरेका हुन् ।समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको स्वेच्छिक फिर्ती, उनीहरुका लागि दिगो पुनः एकीकरण कार्यक्रम, सुरक्षित आप्रवाससहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने, उल्लेख छ । यस्तै कोभिड–१९ का कारण प्रभ