काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारीमा हस्ताक्षर भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो […]