गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा. बद्री केसीले हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको स्वेच्छिक फिर्ती, उनीहरूका लागि दीगो पुनः एकीकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने, उल्लेख छ ।
कोभिड–१९ संक्रमणका कारण प्रभावित विभिन्न गन्तव्य मुलुकबा...