काठमाडौं । सर्वोच्च अदालत वार एसोसिएसनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका नहकुल सुवेदीको नियुक्ति र छनोट प्रकृया गलत रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश सुवेदीको सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुगेको दावी गरे । सुवेदीको हकमा उच्च अदालतमा न्यायाधीशको रुपमा ५ वर्ष काम नगरेको तथा राजनीतिक रुपमा नियुक्त गरिएको भन्दै आपत्ति जनाए । ‘जन्म मिति हेरेर न्यायाधीश नियुक्त गर्ने परम्पराको सुरुवात भयो