एमाले अब माथि उठ्न सक्दैन : खनाल (भिडियो)

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पूरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब बिखण्डनतर्फ जान लागेको उनले टिप्पणी गरे। उनले जनताले शक्तिशालि बनाएको एमालेलाई […]

सम्बन्धित सामग्री

देवी ज्ञवाली भन्छन्- मैले जिते मुख्यमन्त्री हुन्छु

१ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली संघीय सांसद उठ्न चाहन्थे । एमाले सांसद कृष्णभक्त पोखरेलसँगै ज्ञवालीको पनि नाम चितवन क्षेत्र नं. २ बाट सिफारिस भयो । तर, ज्ञवाली प्रदेशमा उठ्न राजी भए, निर्वाचन जिते मुख्यमन्त्री पाउने सर्तमा । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयर तथा २०६४ […]

एमाले अध्यक्ष ओलीको गुणगान गाउँदै थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सत्ता गठबन्धन विदेशी शक्तिहरूको आडमा आगामी निर्वाचनमा नेकपा एमालेलाई कुनै पनि हालतमा हराउन सक्रिय रहेको बताएका छन् । वर्तमान सत्ता गठबन्धन निर्माणमा विदेशी शक्तिको हात रहेकाले उनीहरू आगामी निर्वाचनमा कुनै पनि अवस्थामा एमालेलाई उठ्न नदिने खेलमा लागेको बताए ।शनिबार हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो समय देशमा विदेशी शक्तिको हस्तक्षेप बढ्नुमा वर्तमान सत्ता गठबन्धनका दलहरूले नै मुख्य भूमिका खेलेको बताए ।‘वर्

प्रदेश १ मा एमाले : मुख्यमन्त्रीमा हिक्मतलाई रोक्न गुरु बराल

२२ भदौ, विराटनगर । केही दिनअघि गृहजिल्ला झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता हिम्मत कार्कीलाई प्रदेशमा उठ्न निर्देशन दिए । ओलीले प्रदेशसभामा उठ्नु भनेपछि कार्की तयार भए । २०७४ मा पनि निर्वाचित भएको झापा क्षेत्र नम्बर ५ ‘क’ बाट उनको नाम सिफारिस भएको छ । निकटवर्तीहरुका अनुसार ओलीले मुख त खोलेका छैनन्, […]

काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सांसद योगेशले गरे सरकारको आलोचना

काठमाडौं । प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाेहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिनुभयो । उहाँले नेकपा एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर […]

फोहोर व्यवस्थापनबारे ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन बालेनलाई योगेशको आग्रह

काठमाडौँ । सांसद योगेश कुमार भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै आपत्ती जनाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले राजधानीको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै काठमाडौंका मेयर बालेन शाहलाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन आग्रह गरेका छन् । ‘काठमाडौंको फोहोर उठ्न नसकेको आज ७१ दिन भयो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले […]

पौडेल नेतृत्वको एमाले कार्यदलको औचित्यमाथि प्रश्न

नेकपा एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि छानबिनसहित कारबाही गर्न कार्यदल बनाएपछि यसको औचित्य र वैधानिकतामाथि नै प्रश्न उठ्न पुगेको छ ।नेकपा एमालेको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा छानबिन र कारबाही गर्ने अधिकारसहित तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा संगठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल छन् ।नेकपा एमालेले पार्टी

काठमाडौँकाे मेयरमा उठ्न स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

काठमाडौँ – बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन्। प्रदेश राजधानी हेटौँडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए। राजीनामापछि अब काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए। प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन्।

काठमाडौं मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाडौं, ११ बैशाख । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख ९मेयर० पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए । प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको […]