काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफैँलेले चालेको कदमका कारण कमजोर बन्दै गइरहेका छन्। सर्वोच्च अदालत र विपक्षी गठबन्धनविरुद्ध चालेका एकपछि अर्का कदमले ओलीलाई धक्का लागेको हो। कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का असन्तुष्ट नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादवबीच ओली विरुद्ध बलियो गठबन्धन बनेको छ।अर्कातर्फ, पार्टीका नेता झलनाथ खनाल र मा