नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य अष्टलक्ष्मी शाक्यले आफूलाई मुख्यमन्त्री डोरमणि पौडेलले अनैतिक रुपमा अनावश्यक स्पष्टीकरण सोधेको टिप्पणी गरेकी छन् ।रातोपाटीसँग कुरा गर्दै उनले माधव नेपाल समूहमा लागेकै कारण आफूलाई स्पष्टीकरण सोधिएको बताइन् । आफूसहित बागमती प्रदेशका १४ जना सांसदले संसदीय बोर्डले दिएकै समयमा स्पष्टीकरण बुझाउने उनको भनाइ छ ।नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्यसमेत रहेकी शाक्यले स्पष्टिकरण सोधिएका सबै सांसद र पार्टी नेतृत्वसँग आन्तरिक छलफल गरेर मात्र स्पष्