स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने जनाएको छ । निजी क्षेत्रको अस्पतालमा समेत कोरोना परीक्षणको शुल्क घटेको छ ।
सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने स्पष्ट पारेको हो । ‘‘अबदेखि निजी क्षेत्रका अस्पतालहरूको बिल सरकारले भुक्तानी दिँदैन । ’’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमितको सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिनुभयो ।