भारतको उदयपुरमा एक व्यक्तिको हत्या पछि राजस्थानभर प्रहरीलाई ‘अलर्ट’ मा रहन भनिएको छ। यस्तै, धार्मिक सद्भाव कायम राख्न अपील गर्दै भारतभर सुरक्षा सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिइएको छ।
पैगम्बर महोम्मदको विरुद्धमा अभिव्यक्ति दिएकी नुपूर शर्माको समर्थन गरेको भन्दै मंगलवार कन्हैयालाल तेलीको हत्या गरिएको हो। सो घटनापछि थाना इलाकामा कर्फ्यू लगाइएको छ…