प्रदेश १ सरकारले आर्थिक वर्ष २०८१÷०८२ सम्ममा हाल ७.३० प्रतिशत रहेको बेरोजगारी दरलाई ५ प्रतिशतमा झार्ने लक्ष्य सार्वजनिक गरेको छ । प्रदेश योजना आयोगले बुधबार सार्वजनिक गरेको मध्यकालीन खर्च संरचना प्रतिवेदनमा आगामी ३ वर्षभित्रमा प्रतिव्यक्ति कूल राष्ट्रिय आय १ हजार ३ सय ८० अमेरिकी डलर पुर्याउने लक्ष्य पनि लिइएको छ । हाल प्रदेश १ मा बहुआयामिक गरिबी १५.९० प्रतिशत रहेको अनुमान गरिएको छ । उक्त संख्यामा घटाउँदै आर्थिक वर्ष २०८१÷०८२ मा १४.५० मा झार्ने प्रतिवेदनमा उल्लेख छ । प्रति