नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर, एक वर्षमा बढ्यो १६ हजार रुपैयाँ

१३ वैशाख, काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । गत आव २०७७/७८ मा प्रतिव्यक्ति आय […]

सम्बन्धित सामग्री

कोशीमा १ वर्षमा बढ्यो ४५६ मेगावाट जलविद्युत उत्पादन

विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशको कुल गार्हस्थ उत्पादन ९ खर्ब ३ अर्ब रुपैयाँ पुग्ने बताएका छन् । आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा उनले प्रदेशको कुल गार्हस्थ उत्पादन ५ खर्ब ९९ अर्बबाट बढेर ९ खर्ब पुग्ने बताए । उनले प्रदेशको प्रतिव्यक्ति आय १ हजार ३३४ अमेरिकी डलर पुग्ने अनुमान […]

प्रगतिको आर्थिक वर्ष

यतिबेला देशमा विभिन्न संस्था तथा कम्पनीहरूले गत आर्थिक वर्षको अडिट रिपोर्ट बनाएर सम्बन्धित निकायमा पेश गर्ने चरणमा छन् । धेरैको प्रगति सन्तोषजनक छैन । देशको प्रगति विवरण चैं कस्तो छ त ? सरकार भन्छ– देशको प्रगति त निकै राम्रो छ ।  तर जनता मान्दैनन् । जो भेट्यो उही देशले उन्नति र विकास गर्न सकेन भनेर गुनासो गरिरहन्छन् । देशमा यत्रा यत्रा सुन्दर काण्डहरू भइरहँदा पनि देशले प्रगति गरेन भन्न मिल्छ र ? वास्तवमा यो काण्डैकाण्डहरूको कालखण्डमा देशले निकै प्रगति गरिसकेको छ नि । यो अफवाह हो भनेर कसरी मान्नु ? अफवाह नै हो भने कसैले तथ्यांकसहित खण्डन किन नगरेको त ? हेर्नुस्, हाम्रा नेताहरू सत्यतथ्यसँग डराउँछन्, तर अफवाहसँग फिटिक्कै डराउन्नन्, बरु फैलाउँछन् । तर समाचार सत्य नै हो कि देशले प्रगति चैं गरेकै छ । तर कहाँबाट, कताबाट कति प्रगति भएको छ भन्नेमा चाहिँ सरकार र जनताको फरक तथ्य छ । गएको आर्थिक वर्षमा देशले गरेको प्रगति विवरण चैं यस्तो छ, सरकारका अनुसार ।  गतवर्ष मौसम राम्रो रह्यो । गर्मीमा गर्मी भयो, जाडोमा जाडो । वर्षा मौसम सकिने बेलामा झरी पर्‍योे । झरीले खेतलाई मात्र पानी दिएन, सडकका खाल्टाखुल्टी पनि पानीले नै पुर्दियो । सरकारले निर्णय लियो कि पानी पर्नासाथ धान रोपाइँ गर्ने भनेर । बाढीले पुल पुलेसा सडक बगाँउदा अर्को वर्ष नयाँ ठेक्का लगाउन बाटो खुलेको छ । तर समयमा पानी नपरेका कारण सरकारले भारतबाट चामल आयात गर्ने निर्णय गर्‍यो । तर भारतले चामल निर्यातमा रोक लगाएकाले अब सरकारले कुनै अर्को देशबाट वा चीनबाट चामल ल्याउने निर्णय गर्दै छ । निर्णय गर्ने, आह्वान गर्ने, आदेश दिने वा समिति गठन गर्ने काममा सरकारले ढिलासुस्ती फिटिक्कै गरेको छैन । देशको के भो कुन्नि नेताहरूको आर्थिक स्थिति चाहिँ खुब राम्रो रह्यो । देशले विदेशबाट रिन माग्यो, त्यो रिन जनताको नाममा आयो, नेता र कर्मचारीको भागमा गयो । नेताहरूले आफैलाई चाहिँ कसैसँग पनि रिन मागेनन्, बरु अरूलाई दिए । जो धनी थिए, अझ धनी भए । जो गरीब थिए, अझ गरीब भए । जो दुवैका बीचमा थिए, उनीहरू कहीँका पनि रहेनन् । त्रिशंकुझैं बीचमै अड्किरहेका छन्, जताततै भड्किरहेका छन् । कुल मिलाएर औसतमा उन्नति नै भयो ।  यो वर्ष देशमा प्रतिव्यक्ति आय बढ्यो अर्थात् कमाइ बढ्यो, खासगरी ती मानिसहरूको जो कि कमिशन खान्छन् वा घूस । देशमा रोजगारी बढ्न सकेन, तर बेरोजगार भने बढे । त्यसैले विदेश जाने बढे, नजाने देशमै सडे । जो काम गर्न चाहन्थे, उनीहरूसँग काम थिएन । जोसँग काम थियो, उनीहरू गरिरहेका थिएनन् । जसले गरे, त्यसको प्रतिफल राम्रो निस्केन । तर पनि मानिस हाँसिरहेकै देखिन्थे । त्यसैले प्रतिव्यक्ति खुशी यति बढ्यो कि मानिसहरूले ५० को साटो सय र सयको साटो ५०० को नोट खर्च गर्न थाले । कसैले कसैलाई ऋण दिएन । जसले दियो, उसले फिर्ता पाएन । जीवनस्तर यति माथि उठ्यो कि भिखारीले पनि ५/१० रुपैयाँको साटो ५०/१०० माग्न थाले । डकैतीको कला अब शहरमा मात्र सीमित रहेन । सिंहदरबार गाउँ गाउँ पसेसँगै डकैती पनि सँगसँगै गाउँ पसेको छ । यसले गर्दा डाँकाहरूलाई आफ्नो आर्थिक स्थिति सुदृढ गर्न थप बल पुगेको छ । मान्छेहरूले अलिअलि दूध बेचेर, नभए जग्गा बेचेर वा विदेश गएर कमाएर टिभी, फ्रिज र मोबाइल चैं किने । टिभी र मोबाइल दुई भागमा बाँडियो । आधा हिस्सा नेताहरूले लिए, आधा अभिनेताहरूले । अर्थात् टिभी र मोबाइलका पर्दामा कि नेता देखिए, कि अभिनेता, अभिनेत्री । मानिसहरू देशतर्फ हेर्नुको साटो टिभी वा मोबाइलतर्फ हेर्न थाले । देशमा स्मार्ट मोबाइल के छिर्‍याथ्यो, देश मोबाइलभित्रै छिर्‍यो । मानिसको जीवनस्तर उठ्यो । जो सडकमा हिँड्थे अब फ्लाईओभरमाथि हिँड्न थाले । जो साइकलमा गुड्थे, उनीहरु पाखा लागे, वा मोटरसाइकल चलाउने भए वा गाडीमा गुड्ने भए, अझ चिलगाडीमा उड्ने भए । यसरी देशले प्रगति गरिरहेकै छ । यसको मतलव देश सुरक्षित छ । नेता पनि सुरक्षित छन् । नेताका चम्चा अझ सुरक्षित छन् । जो सुरक्षित छैनन्, ती आत्महत्या गर्नतिर लागेका छन्, जसको अवसर सरकारले छताछुल्ल उपलब्ध गराएको छ । आफ्ना सुरक्षाका खातिर डाँकाहरू नेतासँग वा दलसँग आत्मसमर्पण गरिरहेका छन् र नेताहरूले डाँकाहरूसँग । पत्रपत्रिकामा छापिने फोटोहरू हेरेर सर्वसाधारणले को नेता हो, को डाँका हो, छुट्ट्याउन नसक्ने भएका छन् ।  डकैतीको कला अब शहरमा मात्र सीमित रहेन । सिंहदरबार गाउँ गाउँ पसेसँगै डकैती पनि सँगसँगै गाउँ पसेको छ । २–४ वर्ष अगाडि ५० रुपैयाँमा हुने एउटा सानो सिफारिशकोे शुल्क अहिले ५००० नाघेको छ । डाँकाहरूले लुटेको धनबाट मन खोलेर मोटरसाइकल र गाडी खरीद गरेका छन् । यसले गर्दा डाँकाहरूलाई आफ्नो आर्थिक स्थिति सुदृढ गर्न थप बल पुगेको छ । यसरी सबैतिर शान्ति छाएको छ ।  विश्वविद्यालयमा आगो लगाउन र प्रोफेसरलाई मोसो दल्न यो वर्ष पनि कालोमोसो र मट्टीतेलको अभाव रहेन । शिक्षाको क्षेत्रमा स्थिति यस्तो रह्यो कि जहाँ विद्यार्थी थिए, त्यहाँ पढाउनेहरू थिएनन् र जहाँ पढाउनेहरू थिए, त्यहाँ विद्यार्थी थिएनन् । तर जहाँ दुवै थिए, त्यहाँ पढाइ हुँदै भएन । तैपनि नतीजा ठीकै निस्कियो । तर जागीर मिलेन । हाम्रो देशमा पढाइ सकिएपछि जब जागीर पाइँदैन, तब उनीहरू कि त अरूलाई पढाउनतिर लाग्छन्, कि पार्टीतिर । नभए विदेशतिर भाग्छन् । जो पार्टीतिर लागे, उनीहरूले कुनै न कुनै राजनीतिक नियुक्ति पाएर सात पुस्तालाई पुग्नेगरी कमाए । नेता मन्त्रीहरू पनि विदेश यात्रामा निस्किरहे । जो गएनन्, तिनलाई भेट्न विदेशी देशमै आए, कोही सुन त कोही डलर उपहार लिएर ।  प्रदेश सरकारले केन्द्र सरकारसँग बजेट र समय मागिरह्यो । तर केन्द्र सरकारले दिन सकेन । यसले गर्दा प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशमा काम गर्न नसकेकाले त्यहाँका जनताका सामु मुख देखाउन लायक रहेनन् । त्यसैले मुख लुकाउन प्रदेश सरकारका मुख्यमन्त्रीहरू बस्ने स्थायी किसिमको आवास भवन केन्द्रमै तयार गरियो । यो पनि अर्को एउटा प्रगतिको सूचक नै हो । अब गाउँपालिका र नगरपालिका प्रमुखहरूलाई पनि तीन शहर नेपालमा यस्तै व्यवस्था गर्न सके झन् प्रगति हुन्छ । यो वर्ष सबैभन्दा बढी आम्दानी नाटकमा काम गर्नेहरूकै रह्यो, खासगरी राजनीतिक रंगमञ्चमा काम गर्नेहरूको । लोकतन्त्रकालीन यो वर्ष पनि सबैले खाइरहेकै छन्, गाइरहेकै छन्, केही न केही पाइरहेकै छन् । त्यसैले सबै ठीकठाक नै छ । यसलाई देशले उन्नति, प्रगति गरिरहेकोे मान्नैपर्छ । केवल एउटा कुरामा भने देश अलि पछाडि परेको छ । त्यो हो– विशुद्ध नागरिक हुनु चैं श्राप भएको छ यो वर्ष पनि । ‘उप्रान्त रैतीहरू भन्याका प्रगतिका शत्रु हुन्’ भन्या अग्रगामी दिव्योपदेशमा लेख्याको रहेछ ।

बङ्गलादेशको प्रतिव्यक्ति आय बढ्यो

काठमाडौँ- बङ्गलादेशको प्रतिव्यक्ति आय अघिल्लो वर्षको तुलनामा बढेको पाइएको छ । आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०२०/०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको […]

गण्डकीमा प्रतिव्यक्ति आम्दानी बढ्यो, ४ वर्षमा ४०० डलर वृद्धि

गण्डकी प्रदेशको प्रतिव्यक्ति आय वृद्धि भएको छ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट प्रस्तुत गर्दा प्रतिव्यक्ति आय बढेको विवरण संसदमा पेस गरेको हो । २०७५–०७६ मा एक हजार ४३ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आम्दानी अहिले बढेर एक हजार ४३७ पुगेको छ ।अर्थमन्त्री रामजी बरालले ३९४ अमेरिकी डलर आम्दानी बढेको विवरण पेस गरे । तर, आम्दानी वृद्धिको आधारहरू प्रष्ट्याइएको छैन । आगामी वर्षसम्म केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय लेखाले गण्डकीका नागरिकको प्रतिव्यक्ति आम्दानी एक हजार ९५६ पुग्ने अनुमान गरेको थि

बढ्यो प्रतिव्यक्ति आय

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ । विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति […]

नेपालीको बढ्यो प्रतिव्यक्ति आय

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ ।विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो वर्ष आएर १ लाख ६७ हजार रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षमा एकैपटक १ सय ८१ डलरले बढेर १ हजार ३ सय ७२ डलर पुगेको र यसअघि २०७४/७५ मा एकैपटक १ सय २९ डलर बढेको केन्द्रीय तथ्

नेपालीको बढ्यो प्रतिव्यक्ति आय

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ । विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति […] The post नेपालीको बढ्यो प्रतिव्यक्ति आय appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालीको प्रतिव्यक्ति आयमा दशक यताकै सर्वाधिक वृद्धि, दशकभर ५५८ डलर बढ्यो आय

वैशाख १५, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय ५ वर्ष अघि नै १ लाख रुपैयाँ पुगेकोमा चालू आर्थिक वर्षमा आएर पहिलोपटक डेढ लाख रुपैयाँ नाघेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा चालू आर्थिक वर्षभित्र नेपालीको प्रति व्यक्ति आय १ हजार ३७२ डलर पुगेको छ । तर आजभन्दा ५ वर्ष अघि नै करीब एक लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय बल्ल एक लाख ६७ हजार रुपैयाँ पुगेको विभागको तथ्याङ्क छ । आर्थिक वर्ष २०७३/७४ पहिलोपटक १ हजार डलर नाघेको नेपालीको प्रतिव्यक्ति आय ५ वर्षको अवधिमा ३६३ डलर मात्रै बढेको छ । २०७४/७५ मा १ हजार १३८ डलर, २०७५/७६ मा १ हजार १५९ डलर, २०७६/७७ मा १ हजार १२६ डलरमा झरेको प्रतिव्यक्ति आय २०७७/७८ मा भने १ हजार १९१ डलर पुगेको थियो । चालू आर्थिक वर्षमा भने एकैपटक १८१ डलरले बढेर १ हजार ३७२ डलर पुगेको विभागको दाबी छ । दशक यताकै सर्वाधिक वृद्धि यस अघि २०७४/७५ मा एकै पटक १२९ डलर बढेको नेपालीको प्रतिव्यक्ति आय अहिले १८१ डलरले बढ्दा पछिल्लो एक दशककै सर्वाधिक वृद्धि देखिएको छ । आर्थिक वर्ष २०६९/७० मा ८१४ डलर रहेको नेपालीको प्रति व्यक्ति आय एक दशकमा ५५८ डलर बढेको छ । यो भनेको नेपाली रुपैयाँ ६० हजार हाराहारी हो । अर्थात नेपालीको प्रति व्यक्ति आम्दानी वार्षिक औषत ६ हजार रुपैयाँ भन्दा धेरै बढ्न सकेको छैन । दशक अघि अमेरिकी डलरको भाउ ८० देखि ९० रुपैयाँको बीचमा रहेको थियो । अहिले भने यो १२० रुपैयाँ भन्दा माथी छ ।

नेपालीको आय एकै वर्षमा १६ हजार रुपैयाँले बढ्यो, प्रतिव्यक्ति आय १३ सय ७२ डलर

काठमाण्डाै - एक वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय १६ हजार रुपैयाँले बढेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ सय ३३ डलरले बढेको छ । अमेरिकी डलरको आजको भाउ एक सय २२ रुपैयाँ १६ पैसाले हिसाब गर्दा एक वर्षमा नेपालीको आय १६ हजार २ सय ४७ रुपैयाँले बढेको देखिएको छ । गएको आर्थिक वर्षमा प्रतिव्यक्ति आय १२ सय ३९ अमेरिकी डलर रहेकोमा अहिले १३ सय ७२ अमेरिकी डलर पुगेको हो ।

हामी जहाँको तहीँ

विश्वका विभिन्न मुलुकहरू विकासको तीव्र गतिमा छन् । हिजो नरसंहार बेहोरेको रुवान्डाले विकासमा गति लिएको छ । अफ्रिकाका गरीब देशहरूको अवस्थामा तीव्र गतिले सुधार हुँदैन । नेपालको आर्थिक अवस्था पनि सुधार भएको देखिन्छ ।  तर, त्यो देशभित्रको विकास निर्माणले नभएर विप्रेषण गर्दा मात्रै भएको हो । त्यसैले यो दिगो छैन । पूर्वाधार निर्माणको काम कछुवा गतिमा हुनु नै नेपालको विकास सुस्त हुनुको कारण हो । २०६४ सालसम्ममा पूरा भइसक्नुपर्ने मेलम्ची खानेपानी योजनाको भविष्य अनिश्चित छ । १४.१ मेगाबाटको कुलेखानी तेस्रो जलविद्युत् योजना सम्पन्न हुन १४ वर्ष नै लाग्यो । २०७२ सालमा सम्पन्न हुनुपर्ने ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् योजनाले २०७८ सालमा परीक्षण उत्पादन गर्‍यो र लागत झन्डै तेब्बर बढ्यो । यस्तो असफल आयोजना एउटा होइन, सबैजसो आयोजनालाई मान्न सकिन्छ । असफल किन भने समयमा नबन्दा तिनको लागत उठाउनै नसकिने गरी महँगो भएको छ र प्रतिफल निकै पछाडि धकेलिएको छ । राष्ट्रिय गौरवका २४ आयोजनामध्येको लुम्बिनी क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोषको शुरू तथा अन्त्य हुने मिति, उत्पादनको विवरण, परिमाण तथा गुणस्तर र लागत तिनै पक्षहरू सार्वजनिक जानकारीमा छैनन् । त्यसैले यी दुवै विकास योजना असफल हुन् । एमसीसी अनुदानमा बन्ने प्रस्तावित सडक तथा विद्युत् प्रसारण योजना अलपत्र छ । सन् १९८० देखि चर्चामा आएको पश्चिम सेती जलविद्युत् आयोजनाको त हराइसकेको छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल र बूढीगण्डकी जलविद्युत् आयोजना धेरै तयारी भएर पनि अगाडि बढ्न सकेको छैन । विवादमै हराउने सम्भावना देखिँदै छ । १६ राष्ट्रिय गौरवका आयोजनाहरूको सम्पन्न हुने मिति तथा समय र लागत पटकपटक संशोधन भइसकेका छन् । यिनमा ढिलाइ हुँदा वित्तीय र आर्थिक तथा राष्ट्रिय प्रतिफलको दर पाउन कठिन हुने देखिन्छ । चालू आर्थिक वर्षका लागि प्रस्ताव गरेका योजना तथा कार्यक्रमको पनि हालत उस्तै छ । क्षतिपूर्ति तथा मुआब्जाको बखेडा गर्ने सरोकारवाला तथा लाभग्राही र यिनीहरूलाई उक्साउने बिचौलिया र राजनीतिक तथा प्रशासनिक उदासीनताको कारणले योजनाको लागत र समय दुवै बढ्ने गरेको छ । यसरी आयोजना निर्माणको समय जति पछि धकेलिँदै जान्छ हामी त्यति नै पछाडि पर्दै जान्छौं । यदि नेपालले निर्धारित समयमा आयोजनाहरू सम्पन्न गर्न सकेको भए नेपाल यतिबेला विकासोन्मुखमा स्तरोन्नति हुनेमात्र होइन, त्योभन्दा माथिको हैसियत पुगिसक्थ्यो । प्रतिव्यक्ति आय हजार डलरको आसपासमा होइन, २ हजारको आसपास पुगिसक्थ्यो । सरकारले आयोजनाहरू समयमा सकेको भए निजीक्षेत्रको लगानी बढ्नेमात्र होइन, विदेशी लगानी पनि प्रशस्त आउन सक्थ्यो । तर, हामी जहाँको तहीँ नै छौं भन्दा हुन्छ । कहिलेसम्म हामी यसरी जहीँको तहीँ रहने होला ? विनोद कायस्थ कालिमाटी