आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कूल राष्ट्रिय आयको वृद्धिदर दोहोरो अंकको रहेको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा प्रचलित मूल्यको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,२४६ अमेरिकी डलर रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो आय १०.८ प्रतिशतले बढेर १,३८१ अमेरिकी डलर पुग्ने अनुमान छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय १,६८३ अमेरिकी डलर पुग्ने अनुमान छ।