संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

राजनीतिले गाँजेको सार्वजनिक शिक्षा

चेतनास्तरलाई परिष्कृत गर्न शिक्षा अपरिहार्य छ । मानवको अन्तरनिहीत प्रतिभाको आविष्कार गरेर त्यसको रचनात्मक, सकारात्मक र सिर्जनात्मक काममा लगाउने खालको व्यावहारिक शिक्षा आजको आवश्यकता हो । शिक्षित र चेतनशील नागरिकमा राजनैतिक चेतना पनि उच्च हुनु स्वभाविकै हो । अहिले राजनीति शब्दलाई नेपालमा सकारात्मकभन्दा नकारात्मक किसिमले हेर्ने गरिन्छ । अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग जोडेर […] The post राजनीतिले गाँजेको सार्वजनिक शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समाजको आवश्यकता व्यावहारिक शिक्षा

एकेडेमिक शिक्षा विश्वमै लोकप्रिय मानिन्छ । शैक्षिक प्रतिस्पर्धा पनि चुलिँदै गएकाले अहिलेका युवा पिँढीका लागि स्तरयुक्त शिक्षा जीवनको आधार मानिनु स्वाभाविक हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा अहिले हरेक देशले प्रदान गर्दछ । एकेडेमिक शिक्षामा नेपाल पनि पछि छैन । कतिपय नेपाली विद्यार्थी शिक्षाको क्षेत्रमा विश्वमै चर्चित बनेका छन् । त्यो हामी सबैको निम्ति गौरवको विषय […] The post समाजको आवश्यकता व्यावहारिक शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ साक्षर घोषणा

माेरङ – प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज बिहीवार आयोजित कार्यक्रममा प्रदेश १ लाई साक्षर घोषणा गर्नुभएको हो । उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भइ भूमिका निर्वाह गर्नुपर्नमा जोड दिनुभयो ।  प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले देशको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यावहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृ...

शीपमूलक शिक्षाको पक्षमा

शिक्षा देशको समग्र विकासको आधार भएकाले यसको विकासमा सबै देशले जोड दिएका हुन्छन् । व्यक्तिको मात्र नभई राज्यको पनि समग्र विकासमा शिक्षा अत्यन्तै महत्त्वको विषय हो । आज शिक्षा समयानुकूल हुन नसक्दा बेरोजारी बढेको छ भने व्यावहारिक शिक्षाको अभावका कारण अनेकौं समस्या देखिएको छ । शीपमूलक र व्यावहारिक शिक्षा नहुँदा शिक्षा बेरोजगारी उत्पालन गर्ने कारखानाका रूपमा परिणत हुन पुगेको छ । राज्य शिक्षाबाट पन्छिन खोजेको देखिन्छ । सरकारी विद्यालयमा शिक्षाका लागि बजेट वृद्धि गर्नुपर्ने माग उठिरहेको छ । तर, सरकारले भने नसुनेझैं गरिरहेको छ । विगत ५ वर्षदेखि कुल बजेटको २० प्रतिशत रकम शिक्षाक्षेत्रमा विनियोजन गर्नुपर्ने आवाज चर्को रूपमा उठेको छ । तर, त्यसको सुनवाइ भएको छैन । हाल शिक्षामा विनियोजन गरिएको बजेटको नब्बे प्रतिशत त शिक्षकको तलबमा नै खर्च हुने गरेको छ । शिक्षाले मानवलाई सृजनशील, व्यावहारिक, समस्या सामना गर्न सक्ने र विवेकीसमेत बनाउँछ । हामी कृषि प्रधान देशका नागरिक हौं । तर, यहाँ विद्यालयमा कृषि विषयको न अध्यापन हुन्छ न त कृषि विश्व विद्यालय नै स्थापना हुन सकेको छ । विद्यालयमा कृषि विषय अध्यापन गराउँदै विविध खालका व्यावहारिक ज्ञान दिलाउने कार्य गर्न सकिरहेका पनि छैनौं । कम्तीमा पनि बाह्र कक्षा पार गरेपछि आफै केही काम गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने हो । तर, यो कार्य हुन सकेको छैन । देशका विभिन्न स्थानमा प्राविधिक शिक्षालय नभएका होइनन् । तर, त्यसबाट पनि अपेक्षित रूपमा स्वरोजगारी सृजना गर्न सक्ने नागरिक तयार गर्न हामी चुकिरहेका छौं । हामी अहिले पनि राष्ट्रिय शिक्षा प्रणाली २०२८ कै वरिपरि घुमिरहेका छौं ।   समयअनुसारको वैज्ञानिक, आधुनिक अनि व्यावहारिक शिक्षा प्रणाली लागू गर्नुपर्नेमा त्यो भने हुन सकेको छैन । समयको मागलाई ख्याल गर्दै शिक्षामा पनि व्यापक रूपमा परिवर्तन गर्नुपर्ने हुन्छ । राज्यले शिक्षाको विकासमा ध्यान केन्द्रित गर्नुपर्छ । निजीक्षेत्रलाई अगाडि सारेर शिक्षाबाट राज्य पन्छिन मिल्दैन । सरकारी विद्यालय निःशुल्क भनिए पनि विभिन्न शीर्षकमा शुल्क लिने कार्य भएरहेको छ जुन गैरकानूनीसमेत हो । विद्यालय जाने उमेरसमूहका लाखौं विद्यार्थी अहिले पनि विद्यालय जान सकेका छैनन् । यसको मुख्य कारण गरीबी नै देखिन्छ ।   गरीबी निवारण नभएसम्म शिक्षाको पहँच सबै नागरिकमा पुर्‍याउने कार्य सम्भव देखिँदैन । हामीले अझै पनि विद्यार्थीकेन्द्रित शिक्षा बनाउन सकेका छैनौं । अब हामीले गर्नुपर्ने पहिलो काम भनेको विद्यार्थीलाई केन्द्रमा राखेर नीति निर्माण गरी उनीहरूलाई समयसापेक्ष शिक्षा प्रदान गर्न सक्नुपर्छ । विद्यालयको स्रोतसाधन तथा निर्णय विद्यार्थीको हितमा छ कि छैन हेर्नुपर्छ, जसले शिक्षाको सही गति निर्धारण गर्छ । वास्तवमा यो विद्यालय सुधारका लागि गुरुमन्त्र नै हुनेछ । अनुशासन सजाय होइन यो त आत्मनियन्त्रण हो भन्ने बुझाउन सकेनौं । विद्यालयमा आज पनि डरत्रास, धम्कीले गर्दा हजारौं विद्यार्थी तनावमा परेका छन् । आज पनि विद्यालय विद्यार्थीमैत्री बन्न सकेका छैनन् । विद्यार्थीलाई अध्ययन गराइने पाठ्यक्रमा भने विद्यार्थीमैत्रीका पाठहरू समेटिएका छन् । तर, व्यवहारमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन । मानव सर्वश्रेष्ठ प्राणी र बुद्धिमान भएकै कारण आत्मअनुशासन जगाउनु उत्तम हुन्छ । आत्मअनुशासनको आन्तर्य निरन्तर सुधारमा विश्वास गर्नु हो । विद्यार्थीलाइ पिट्ने, थर्काउने, तर्साउने गर्दै लाद्ने अनुशासनले अब समाधान दिन सक्दैन । हामीले विद्यालयको वातावरण यस्तो निर्माण गर्नुपर्छ कि विद्यार्थीले आफै पालना गरून् । लादिने अनुशासन सजिलो छ तर आत्मअनुशासन कठिन छ । अर्को महत्त्वपूर्ण सवाल भनेको सामाजिकीकरण वा समानुभूतिको अभाव हो । आज हामी व्यक्तिगत रूपमा सफल छौं, तर सामूहिक रूपमा असफल छौं किनभने हाम्रा विद्यार्थीलाई हामीले सामूहिक भाव सिकाएका छैनौं । एकअर्काप्रति प्रेम, विश्वास, आदर, हेरचाह हाम्रो सिकाइ बन्न सकेको छैन । हाम्रा विद्यालयले प्रतिस्पर्धाको भावना घटाएर सामूहिक भाव जगाउन सकेको भए असफलताको भूत डिप्रेशन र आत्महत्या पनि घट्थ्यो कि ? हाम्रा शिक्षालयले तिमीहरू महत्त्वपूर्ण छौ र तिमीहरू सक्छौ भन्ने भाव नै दिन सकेको छैन । हामी सुसंस्कृत समाज निर्माण गर्न, समानतामा आधारित समृद्धि प्राप्त गर्न चेतनशील, विवेकशील नागरिक निर्माण गर्न चाहन्छौ भने अब हामीले विद्यालयको पुनर्निर्माण गर्न जरुरी छ ।   शिक्षामा जति मात्रामा लगानी भएको छ त्यसको उपलब्धि लिन हामी असफल भइरहेका छौं । आजका विद्यार्थीमा नैतिकता, इमानदारी, सहयोग, सद्भावजस्ता मानवीय गुण हराउँदै गएका छन् । वर्तमान समयमा विद्यार्थीलाइ संस्कार सिकाउनु जरुरी भएको छ, यसको अभावमा कुनै पनि व्यक्ति असल नागरिक बन्न सक्दैन । आजका सबैजसो विद्यालय कुनै दूरदृष्टि र लक्ष्यविना चलिरहेका छन् । जुन विद्यालय आधारभूत मूल्यमान्यताको जगमा उभिएका छन् तिनै मात्र सफल भएका छन् । आजको हाम्रो शिक्षा शीपमूलक हुन नसक्दा समस्या सृजना भइरहेको छ । चिनियाँ उखानझैं हुनुपर्छ, माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउनुपर्छ । कम्तीमा पनि एउटा तह पार गरेपछि उसले आफै कुनै काम गर्न सकोस् । यदि हामीले शीपमूलक शिक्षा प्रदान गर्न सकेका भए बेरोजगारीको यो अवस्थाको सामना गर्नुपर्ने थिएन । अबका दिनमा हामीले शिक्षामा भएका कमजोरीलाई हटाउँदै यस क्षेत्रमा लगानीको मात्रा पनि बढाएर थप उपलब्धि प्राप्त गर्न सक्छौं । शिक्षाको विकासका लागि नीति निर्माणको तहदेखि नै निकै ध्यान दिनुपर्ने हुन्छ । समयसापेक्ष पाठ्यक्रम राख्ने, शिक्षामा राजनीति नगर्ने, शीपमूलक शिक्षामा जोड दिने, व्यावहारिक शिक्षालाई विस्तार गर्नेजस्ता सुधारका कार्य गर्नुपर्ने खाँचो रहेको देखिन्छ । देशको समग्र विकासको आधारका रूपमा रहेको शिक्षालाई समयसापेक्ष बनाउँदै लैजानु आजको मुख्य आवश्यकता पनि हो । लेखक विश्वशान्ति कलेजमा समाजशास्त्र अध्यापन गर्छन् ।

शान्तिमय व्यावहारिक शिक्षा : आजको आवश्यकता

विकासको स्रोत नै गुणस्तरीय, व्यावहारिक र शान्ति शिक्षा हो । नेपालको शिक्षा आधारभूतदेखि उच्च तहसम्म आमजनताका लागि फलदायक हुनुपर्छ । शिक्षाले उचित दिशा लिन नसक्नु दुःखको कुरा हो, शिक्षाले उचित दिशा नलिई देशले उचित दिशा लिन सक्दैन । विगतदेखि हालसम्मकोे अवधिलाई हेर्दा नेपाल र नेपाली जनताको मूल स्वार्थ इच्छा र आवश्यकताभन्दा राजनीतिक परिवेशमै अलमलिएको देखिन्छ […]

व्यावहारिक शिक्षा र समाजसेवाबारे आधारशिला कलेजको अन्तरक्रिया

प्रकाश थापामगर/काठमाडौँ ।। व्यावहारिक शिक्षा र समाजसेवाको बारेमा आधारशिला कलेजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कलेजका अध्यक्ष भोला ढकालको अवधारणापत्रमाथि छलफल गर्दै २०७७ फागुन १५ गते नयाँबजारमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सरकारी स्वामित्वको स्कुलमा समेत शिक्षा निजीकरण भएकोमा त्यसको कडा विरोध गर्नुभयो । देशको सबैभन्दा पुरानो जेठो त्रिभुवन विश्वविद्यालयले नै शैक्षिक उत्तरदायित्व बहन गर्न नसकेको बताउँदै उहाँले आधारशिला कलेजले व्यावहारिक शिक्षा र समाजसेवाबारे यस खालको कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो । अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डेले वर्तमान समाज अपराधीकरणतर्फ गएको बताउँदै त्यसमा सुधारका लागि शिक्षाक्षेत्रबाट पर्याप्त प्रयास हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले देशको राजनीतिक अस्थिरताको फाइदा उठाएर शैक्षिक माफियाहरू झन् शक्तिशाली हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न ठोस पहलकदमी हुनुपर्नेमा पनि जोड दिनुभयो । डा. चूडा ढकालको सहजीकरण तथा विष्णु देवकोटाको सञ्चालनमा उक्त कार्यक्रम अगाडि बढेको थियो । प्रमुख अतिथि र अतिथिलाई औपचारिक आसन ग्रहण नगराएरै सम्पन्न भएको सो कार्यक्रममा सहभागीमध्येबाट प्रकाश कुँवर, श्रीकृष्ण न्यौपाने, मुक्ति पोख्रेल, रामचन्द्र पोख्रेल, वैरागी जेठा, अब्वल ढकाल, सुकदेव दाहाल, सुमन थापा, तिलकप्रसाद लुइँटेल, प्रदीप लुइँटेल, वेदप्रसाद पौडेल, चन्द्रप्रकाश, सुनिता शाह, छविलाल देवकोटा र कमला नेपालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल राजेन्द्रप्रसाद ढकालले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।