माेरङ – प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज बिहीवार आयोजित कार्यक्रममा प्रदेश १ लाई साक्षर घोषणा गर्नुभएको हो । उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भइ भूमिका निर्वाह गर्नुपर्नमा जोड दिनुभयो ।
प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले देशको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यावहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृ...