व्यावहारिक शिक्षा र समाजसेवाबारे आधारशिला कलेजको अन्तरक्रिया

प्रकाश थापामगर/काठमाडौँ ।। व्यावहारिक शिक्षा र समाजसेवाको बारेमा आधारशिला कलेजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कलेजका अध्यक्ष भोला ढकालको अवधारणापत्रमाथि छलफल गर्दै २०७७ फागुन १५ गते नयाँबजारमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सरकारी स्वामित्वको स्कुलमा समेत शिक्षा निजीकरण भएकोमा त्यसको कडा विरोध गर्नुभयो । देशको सबैभन्दा पुरानो जेठो त्रिभुवन विश्वविद्यालयले नै शैक्षिक उत्तरदायित्व बहन गर्न नसकेको बताउँदै उहाँले आधारशिला कलेजले व्यावहारिक शिक्षा र समाजसेवाबारे यस खालको कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो । अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डेले वर्तमान समाज अपराधीकरणतर्फ गएको बताउँदै त्यसमा सुधारका लागि शिक्षाक्षेत्रबाट पर्याप्त प्रयास हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले देशको राजनीतिक अस्थिरताको फाइदा उठाएर शैक्षिक माफियाहरू झन् शक्तिशाली हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न ठोस पहलकदमी हुनुपर्नेमा पनि जोड दिनुभयो । डा. चूडा ढकालको सहजीकरण तथा विष्णु देवकोटाको सञ्चालनमा उक्त कार्यक्रम अगाडि बढेको थियो । प्रमुख अतिथि र अतिथिलाई औपचारिक आसन ग्रहण नगराएरै सम्पन्न भएको सो कार्यक्रममा सहभागीमध्येबाट प्रकाश कुँवर, श्रीकृष्ण न्यौपाने, मुक्ति पोख्रेल, रामचन्द्र पोख्रेल, वैरागी जेठा, अब्वल ढकाल, सुकदेव दाहाल, सुमन थापा, तिलकप्रसाद लुइँटेल, प्रदीप लुइँटेल, वेदप्रसाद पौडेल, चन्द्रप्रकाश, सुनिता शाह, छविलाल देवकोटा र कमला नेपालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल राजेन्द्रप्रसाद ढकालले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित सामग्री

काठमाडौं मोडल कलेज क्यूएए प्रमाणित

काठमाडौं । काठमाडौं मोडल कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए)बाट प्रमाणित भएको छ । विश्वविद्यालय अनुदान आयोगले मंगलवार कलेजलाई क्यूएए प्रमाणित गरेको हो । स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षण सिकाइको प्रवर्द्धन र वकालत गर्दै र त्यसअनुरूप आफ्ना शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको कलेजको दाबी छ । कलेजको व्यवस्थापन, जवाफदेहिता, क्षमता विकास, सूचना प्रविधिको प्रयोग, अनुसन्धान, पूर्वाधार विकास जस्ता महत्त्वपूर्ण पाटोलाई क्यूएएले मूल्यांकन गर्ने बताइएको छ । यी सबै मापदण्डमा सर्वोत्कृष्ट ठहरिएसँगै आयोगले क्यूएए प्रमाणित गरेको कलेजले जानकारी दिएको छ । ‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञको टोलीले विस्तृत तथा श्रृंखलाबद्ध अनुगमन र मूल्यांकनपछि आयोगले कलेजलाई क्यूएए प्रमाणित गरेको हो,’ कलेजका प्रमुख सुरेन्द्र सुवेदीले भने । उनले कलेजले पाएको उपाधिले थप उत्साहित र जिम्मेवार बनाएको बताए । ‘हामी विश्वस्तरीय व्यावहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विद्यार्थी विदेशिने प्रवृत्ति रोक्छौं,’ उनले भने, ‘दक्षिण एशिया लगायत अन्य मुलुकका विद्यार्थीलाई समेत आकर्षित गरी नेपाललाई शैक्षिक हब बनाउन भूमिका निर्वाह गर्छौं ।’ नेपालले २०६४ सालदेखि विश्वविद्यालय अनुदान आयोगमार्फत औपचारिक रूपमा विश्वविद्यालय तथा कलेजलाई क्यूएए प्रमाणित गर्न शुरू गरेको हो ।

सेन्ट लरेन्स कलेजमा अब कानुन संकाय पनि

सेन्ट लरेन्स कलेजको मिसन भनेकै शिक्षामा गुणस्तरता, व्यावसायिक र व्यावहारिक शिक्षा दिने रहेको छ । यसरी नै कलेजले ग्लोबली कर्पोरेट क्षेत्रमा माग हुने प्रतिस्पर्दी ग्रेजुएटको उत्पादन र विकास गर्ने प्रस्ट भिजनसहित अघि बढेको कलेज हो । एसटी लरेन्स कलेजले स्वदेश मात्र विश्वव्यापी रूपमा बिक्न सक्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ । सोही लक्ष्यसहित आफ्ना शैक्षिक कार्यक्रमहरू पनि अगाडि बढाइरहेको छ । यो कलेज सन् १९९७ मा स्थापना भएर हाल नेपालको एक अग्रमी शैक्षिक संस्थाका रूपमा चिनिएको छ । कलेजले माध्यमिक (उच्च