काठमाडौं, २ साउन । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन नखोजेको बताएकी छिन् । उनले भनिन्–‘उहाँलाई हामी एउटा बाटो देखाउन चाहन्छौं । कतिपय ठाउँमा के हुन्छ भने, मान्छे पावरमा रहेपछि उसले आफ्नो साथीभाईलाई बिर्सिन थाल्छ, आफ्नो संगठनलाई बिर्सिन थाल्छ, र उसलाई पावरको मात लागेको हुन्छ […]