१० चैत, काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा नेपाल राष्ट्र बैंकले विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । मंगलबार कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थितिमा बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राष्ट्र बैंकले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दियो । कार्यक्रममा बोल्दै कामु गभर्नर तिम्सिनाले वित्तीय साक्षरता सबैका लागि महत्वपूर्ण रहेको बताइन् । […]