चैत १६, काठमाडौं । नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरि ग्लोबल मनि विक मनाएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र प्रदेशका हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको कम्पनीले बताएको छ ।
ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विकको स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरुप कम्पनीले गण्डकी प्रदेशमा अभियानको रुपमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको बताएको छ ।
फागुन ७ गतेदेखि १३ गतेसम्म मनाङ्गको चामे, गोरखाको जौबारी,कास्कीको पृथ्वीचोक, अमरसिङ्, बगर र हेम्जा साथै बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गरि सात ओटा स्थानमा विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरु लाभान्वित हुने गरि वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
कम्पनीले गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म २० ओटा वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गरेको र उक्त कार्यक्रमहरुबाट करीब १ हजार ५०० जना व्यक्तिहरु लाभान्वित भएको बताएको छ ।