काठमाडौं, माघ १५ । जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा […]