काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सर्वोच्च अदालतले ब्युँत्याएको प्रतिनिधिसभाको बैठक साउन ३ गतेका लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले एक साताभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो। संसदमा आफ्नो पक्षमा बहुमत साबित गर्न प्रधानमन्त्री देउवा माधव नेपाल र उपेन्द्र यादव पक्षसँग निरन्तर छलफलमा छन्।