दुईजना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्कोलाई कारबाही गर्ने होडबाजी चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक राखेर अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहित चारजनालाई कारबाहीको निर्णय गरेको थियो।
त्यसको भोलिपल्ट आइतबार ठाकुर पक्षले यादव समूहका १२ जना सांसदलाई कारबाहीको निर्णय गरेको छ। यो कारबाहीमा यादव पनि परेका छन्। कारबाहीलाई वैधता दिलाउन एकले अर्को पक्षका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्।
एक पक्षले गरेको निर्णयलाई अर्को पक्षले वैध ...
काठमाडौं, जेठ १० । दुईजना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्कोलाई कारबाही गर्ने होडबाजी चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक राखेर अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहित चारजनालाई कारबाहीको निर्णय गरेको थियो। त्यसको भोलिपल्ट आइतबार ठाकुर पक्षले यादव समूहका १२ जना सांसदलाई कारबाहीको निर्णय गरेको छ। […]
केपी ओलीको पक्ष र विपक्षमा बाँडिएर विवादित बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव आपसमा मिलेको खबर सुनेपछि मंगलबार दिउँसो सो पार्टीभित्र एकाएक उत्साहको सञ्चार भयो । तर, त्यो उत्साह आधा घण्टा पनि टिकेन ।अध्यक्षद्वय ठाकुर र यादवबीच मंगलबार लिखित सहमति भएको थियो । पार्टीमा अब विवाद छैन भन्दै ठाकुर र यादवले संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गरे । जेठ ८ र ९ गते बालकुमारीमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको अर्को विज्ञप्तिमा पनि ठाकुर र यादव दुबैको
काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।
जनता समाजवादी पार्टीका शीर्ष नेताको मंगलवारको बैठक औपचारिकता नै नपाउँदै टुंगिएको छ ।
जसपा स्रोतका अनुसार पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी समिति अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठसहितका शीर्ष ६ जना नेताहरूको अनौपचारिक बैठक बसेको थियो । वर्तमान सत्ता समीकरणमा अनिर्णयको अवस्थामा रहेका बेला कुनै न कुनै निर्णय लिने भनेर बसेको उक्त बैठक ५ मिनेट मात्र बसेको एक नेताले बताए ।
'आज बसेको बैठक अनौपचारिक बैठक थियो, बसेको ५ मिनेटमै विन...
काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको छ। आज बालकुमारीस्थित पार्टी कार्यालयमा पछिल्लो राजनीतिक अवस्था र कार्यकारिणी बैठक बस्नेबारे छलफल भएको जसपा नेता डा. सुरेन्द्र झाले बताए। उनले भने, "बैठक चाहिँ होइन। बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल भयो।" बैठकमा महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतका नेता सहभागी थिए।
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन गर्नुअघि सर्वदलीय बैठक किन नराखेको भनेर राष्ट्रपतिलाई प्रश्न गर्नुभएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा अध्यक्ष केसीले राष्ट्रपतिलाई सो प्रश्न सोध्नुभएको हो ।
बैठकमा केसीले सरकार प्रमुख र राष्ट्र प्रमुखबाटै सबैभन्दा धेरै गल्ती भएको बताउनुभएको थियो । राजनीतिक दलहरुका कारण अहिले प्राप्त उपलब्धिसमेत गुम्न लागेको भन्दै उहाँले चिन्ता जाहेर गर्नुभयो ।
केसीले अहिलेको अवस्था कसरी आयो भनेर जिम्मेवार नेताहरुले आफैँ विचार गर्नुपर्ने भन्दै सत्ता र विपक्षी दलका नेताहरुलाई सच्चिन आग्रह गर्नुभएको थियो ।
बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले भन्नुभयो, ‘राष्ट्रप्रमुख पनि सरकार प्रमुखलाई पनि पुग्नेगरी मैले भनेको छु । २०६२–६३ सालमा जुन उपलब्धि भयो, यीनै राजनीतिक पार्टीका कारणले यो उपलब्धि फेरि गुम्नेवाला छ । गणतन्त्रमा कालो बादल मडारिसकेको छ । यसको कारण राष्ट्रपति र सरकार प्रमुखबाट बढी गल्ती भएको छ भने मैले ।’
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन सही थियो भन्ने जिकीर गर्नुभएको थियो । उहाँले ताजा जनादेश लिन चुनावमा जानुपर्ने बताएको बताउनुभएको थियो ।
बैठकमा पूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाका प्रेम सुवाल लगायत सहभागी थिए । बैठकमा सहभागी भएका नेताहरुमध्ये प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने मौन रहेको बताइन्छ ।
राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलीय बैठक आव्हान गर्नुभएको हो । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लाग्नुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान मस्यौदा तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न जसपा शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो सहभागी ...