काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेकै निर्वाचन–शासकीय प्रणाली रहेसम्म देशमा सुशासन नआउने दाबी गरेका छन्। सोमबार राति सामाजिक सञ्जालमा सरकारको एक वर्षको मूल्याङ्कन गर्दै उनले अहिलेको प्रणाली कायम रहुञ्जेल अस्थिरता कायम रहने बताएका छन्।‘जब यो निर्वाचन शासकीय प्रणाली अन्तर्गत कसैको पनि सुविधाजनक बहुमत प्राप्त हुन सक्दैन, भैहाले पनि बिचैमा संसदीय दल विभाजित हुनसक्छ र प्रधानमन्त्रीको सम्पूर्ण शक्ति र समय कुर्सी टिकाउनमा व्यतित हुन्छ, त्यहा