काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान शासकीय प्रणाली र निर्वाचन प्रणाली परिर्वतन गर्नुपर्ने बताएका छन्। कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसका अवसरमा सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले त्यसका लागि आवश्यक परे जनतालाई अपिल गरेर आन्दोलनमा उत्रनुपर्ने अवस्थासमेत आउन सक्ने उल्लेख गरे। प्रचण्डले इतर पार्टीका गाउँपालिका अध्यक्षले चुनाव […]