नेपाली जनताले मुलुकमा विकास, स्थिरता, सुशासन र समृद्धि खोजेको दशकौँ भइसकेको छ । तर अहिले पनि मुलुक कमजोर र अविकसित अवस्थामै छ । भ्रष्टाचार र कमिसनतन्त्र संस्थागत भएको छ । लोकतन्त्र संस्थागत हुन सकेको छैन । राजनीतिमा अवसरवाद हाबी छ । पद र पैसामा इमान र नैतिकता बिक्ने संस्कार हाबी छ । चरम अस्थिरता व्याप्त छ । यो सबै बेथिति सत्तामा भएका व्यक्तिहरूको खराबीका कारणले हो वा प्रणाली खराब भएर हो ? यो बहस लामो समयदेखि जारी छ । नेपालको अति महत्त्वपूर्ण भूराजनीतिक अवस्थिति मुलुकका लागि वरदान हो । तर सि